लेस्टरमाथि बार्सिलोना हाबी 

लेस्टरमाथि बार्सिलोना हाबी 

लन्डनः स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले बुधबार राति भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीलाई ४-२ गोलले हराएको छ । स्पेनिस लिगको उपविजेता र युरोपियन च्याम्पियन रियल म्याड्रिडले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई १-० गोलले हरायो भने इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालीको एसी मिलानलाई ३-१ गोलले पराजित गर्‍यो ।

इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत स्विडेनमा भएको खेलमा बार्सिलोनाका मुनिर एल हड्डाडीले दुई तथा लुइस स्वारेज र राफा मजिकाले एक एक गोल गरे । लियोनल मेसीले उपलब्ध गराएको पासमा २० वर्षीय स्पेनिस स्ट्राइकर हड्डाडीले २६औं मिनेटमा खेलको पहिलो गोल गरेका थिए ।

स्वारेजले ३४औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । स्वारेजले उपलब्ध गराएको पासमा हड्डाडीले ४५औं मिनेटमा बार्सिलोनालाई ३-० गोलको स्थितिमा पुर्‍याएका थिए । तर, दोस्रो हाफमा लेस्टरले पुनरागमनको प्रयास गरेपछि खेल रोमाञ्चक बनेको थियो ।

दोस्रो हाफको सुरुआतमा मैदान छिर्ने अवसर पाएका २३ वर्षीय नाइजेरियन स्ट्राइकर अहमद मुसाले दुई गोल गरेपछि लेस्टरले ६६औं मिनेटमा खेल २-३ गोलको स्थितिमा पुर्‍याएको थियो । लेस्टरले दोस्रो हाफको सुरुआतमै सात खेलाडी परिवर्तन गरेको थियो ।

पहिलो हाफमा जम्न नसकेका जेमी भार्डी, रियाद माहरेजलगायत लेस्टरका खेलाडीले मध्यान्तरपछि खेल्ने मौका पाएनन् । दोस्रो हाफमा लेस्टरका वैकल्पिक खेलाडीबीच राम्रो तालमेल देखियो । मुसाले मैदान उत्रिएको एक मिनेटलगत्तै गोल गरेका थिए ।

आफूसँगै मैदान छिरेका वैकल्पिक खेलाडी सिन्जी ओकाजाकीले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी जेफरी स्लुपको पासमा मुसाले ६६औं मिनेटमा गोल थपेका थिए । तर ७८औं मिनेटमा मैदान छिरेका मजिकाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोना पुन बलियो बनेको थियो । प्रिसिजनको आफ्नो पहिलो खेलमा बार्सिलोनाले स्कटिस च्याम्पियन सेल्टिकलाई ३-१ गोलले हराएको थियो ।

 

नेमारको अनुपस्थितिपछि टोलीबाट खेल्ने मौका पाएका मुनिरले उक्त खेलमा पनि एक गोल गरेका थिए । बार्सिलोनाले अबको खेलमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लेस्टरले भने अघिल्ला खेलमा सेल्टिकसँग १-१ गोलको बराबरी खेलेको थियो भने पीएसजीसँग ४-० गोलले पराजित भएको थियो । अमेरिकामा भएको खेलमा बायर्नविरुद्ध रियलका डानिलोले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ७९औं मिनेटमा डानिलोले गोल गरेका थिए । रियल अघिल्ला खेलमा पेरिस सेन्ट जर्मनसँग ३-१ गोलले पराजित भएको थियो भने चेल्सीलाई ३-२ गोलले हराएको थियो । रियलका क्रिस्टियानो रोनाल्डो चोटका कारण प्रिसिजन खेलमा सहभागी छैनन् । अमेरिकामा भएको अर्को खेलमा एसी मिलानविरुद्ध चेल्सीका ओस्करले दुई र बट्रान्ड ट्राओरले एक गोल गरे । मिलानका जियाकोमो बोनाभेन्टुराले गोल गरे ।

ट्राओरले २५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर, मिलानले ३८औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । ५९औं मिनेटमा मैदान छिरेका वैकल्पिक खेलाडी ओस्करले ७०औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ८७औं मिनेटमा थप गोल गरे । चेल्सीले अघिल्ला खेलमा रियलसँग हार बेहोरेको थियो भने लिभरपुललाई हराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.