ह्‌याप्पी फ्रेन्डसिप डे

ह्‌याप्पी फ्रेन्डसिप डे

भाइबहिनीहरू, आज अंग्रेजी महिना अगस्टको पहिलो आइतबार अर्थात् विश्व मित्रता दिवस । यस दिनलाई विश्वभरका मानिसले आफ्ना प्यारा साथीहरूलाई शुभकामना र उपहार दिनुका साथै फ्रेन्डसिप ब्यान्ड आदानप्रदान गरेर मनाउने गर्छन् ।


मानिसको जीवनमा एउटा असल मित्रले ठूलो महत्त्व राख्छ । साथीबिनाको संसार हामी कल्पनासम्म पनि गर्न सक्दैनौं होला । बिहान उठेदेखि बेलुकीसम्म साथीको साथ र महत्त्व उत्तिकै हुन्छ । विद्यालय नगइन्जेल घर वरिपरिका साथीसँग रमाउने बानी हुन्छ भने विद्यालय पुगेपछि विद्यालयमै थुप्रै साथीसँग पढाइ र खेलकुदमा समय बितेको पत्तो हुँदैन । त्यसैगरी घर फर्किएपछि पनि गृहकार्य र पढाइ सकाएर खेल्ने साथी हामी सबैलाई उत्तिकै प्यारो लाग्छन् ।

 

 

सँगै बसेर पढ्न, खेल्न, खान, घुम्न र रमाइलो गर्नमात्रै साथी चाहिने होेइन । साथीलाई हामीले आवश्यक पर्दा धेरै गोप्य कुराहरू पनि बाँड्न सक्छौं । हामीले जीवनमा गरेका गल्ती होस् या राम्रा काम, यसका बारेमा पहिलो जानकारी साथीलाई नै दिने गर्छौं ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि असल मित्रले हाम्रो साथ छाड्दैनन् र हामीभित्रको आत्मविश्वासलाई जगाइराख्छन् । साथीले हामीलाई जस्तोसुकै रूप र परिस्थितिमा पनि देखेका हुनाले उनीहरूसँग हामी कहिल्यै कुनै पनि प्रकारको संकोच मान्दैनौं र जहिले सहज नै महसुस गर्छौं ।

कक्षाकोठाको बेन्चमा सँगै बस्नेमात्रै होइन, जुनसुकै बेला पनि हाम्रो एक्लोपनामा साथ दिने व्यक्ति हाम्रा साथी नै हुन् । हामीले साथीसाथीको सर्कलमा विभिन्न गोप्य शब्दहरू प्रयोग गरेर कुरा गर्ने गर्छौं । आफूलाई मन नपर्ने शिक्षक होस् वा अन्य कोही मानिसका बारेमा कुरा काट्दै हाँसीमजाक गर्नमा साथ दिने व्यक्ति पनि हाम्रै साथी हुन्छन् ।

हामीले बोलेका राम्रा र नराम्रा जुनसुकै कुरा पनि धैर्यपूर्वक सुन्ने गर्छन् साथीले । हामीले जस्तोसुकै मुडमा बोलेका कुरालाई साथीले मूल्यांकन नगर्ने हुनाले साथीसामु बिनाकुनै हिच्किचाहट बोल्न सक्छौं ।

सुखमा मात्रै नभई जीवनमा आइपर्ने हरेक दुःखमा साथीले नै साथ दिन्छन् । पीडा परेको बेलामा रुनलाई चाहिने काँध पनि साथीले नै दिन्छन् । हामीले जीवनमा जस्तोसुकै निर्णय गरे पनि त्यसमा साथ दिने व्यक्ति हाम्रा साथी नै हुन् । उनीहरूले कुनै पनि नयाँ योजना र काममा हामीलाई हौसला दिने गर्छन् ।

हामीलाई हाम्रा अभिभावकले माया गर्नुहुन्छ किनकि हामी उहाँहरूका सन्तान हौं । तर, साथीले हामीलाई बिनकुनै सर्त र आशमा हामीलाई माया गर्छन् । हामीले सम्भव छैन भनेर आँट्न नसकेका काम पनि साथीको प्रेरणाले सम्भव बनाउन सकिने हुनाले साथीसँगको संगतले जीवनलाई रमाइलो र सार्थक बनाउँछ ।

हामीलाई जति बेला चाहिए पनि उपलब्ध हुने सम्बन्ध हो, साथी । त्यसैले भाइबहिनीहरू, हामीले पनि आफ्नो साथीलाई सधैं माया गर्नुपर्छ । उनीहरूको असल काममा सधैं साथ दिनुपर्छ भने नराम्रो काममा सम्झाउन सक्नुपर्छ । साथीको साथले तिमीहरू सबैको जीवन रमाइलो होस् । यही हाम्रो शुभकामना । ह्याप्पी फ्रेन्डसिप डे !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.