अवैध रुपमा सञ्चालित व्यवसाय लाखभन्दा बढी

अवैध रुपमा सञ्चालित व्यवसाय लाखभन्दा बढी

काठमाडौंः  देशभर एक लाखभन्दा बढी निजी व्यापारिक प्रतिष्ठान (सानोठूला व्यवसाय) अवैधरूपमा सञ्चालन भइरहेका छन् । यस्ता व्यापारिक फर्मले वर्षाैदेखि अनुमतिपत्र नवीकरण नगरी करोडौं रुपैयाँ राजस्वसमेत छलेका छन् । उपत्यकामा मात्रै ५० हजारको संख्यामा यस्ता व्यवसायीले व्यापार सञ्चालन गर्दै आएका छन् ।

वाणिज्य विभागमा व्यापारिक प्रतिष्ठान सञ्चालनका लागि अनुमति लिएपछि ती अनुमतिपत्र पाँच वर्षका लागि मान्य हुन्छन् । तर, सात वर्षभन्दा बढी समयदेखि नवीकरण नगरी अवैध सञ्चालनमा रहेका यस्ता व्यवसाय सञ्चालकमाथि सरकारले कारबाही गर्न सकेको छैन । ऐन र नियमावलीअनुसार जरिबाना बिना र जरिवानासहित नवीकरण गर्न सक्ने व्यवस्था हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गरी व्यापारीले आफूखुसी व्यापारिक प्रतिष्ठान सञ्चालन गर्दै आएका छन् ।

‘नियमअनुसार नवीकरण नगर्ने व्यवसाय स्वतः अवैध ठहरिन्छ', वाणिज्य विभागका निर्देशक पुरुषोत्तम सुवेदीले भने, ‘राज्यले नवीकरण गर्न पटकपटक मौका दिएको छ । तर, व्यापारी अटेर गरी नवीकरण नगरी अवैधरूपमा सञ्चालन गर्दैआएका छन् ।' विभागका अनुसार यसरी नवीकरण नगरी देशभर करिब एक लाखभन्दा बढीको संख्यामा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् । समयमा नवीकरण नगर्दा सरकारले प्राप्त गर्ने करिब ३६ करोडभन्दा बढी राजस्व गुमेको विभागको ठहर छ ।

सरकारले प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४ र नियमावली २०३४ अनुसार पाँच वर्षको अवधिपछि म्याद सकेको मितिले ३५ दिनभित्रमा जरिबाना बिना नवीकरण गर्न पाउने व्यवस्था गरेको छ । म्याद सकेको ३५ दिनभित्रमा जरिबाना बिना नवीकरण गराउन नसकेको अवस्थामा तीन महिनाभित्रमा लाग्ने दस्तुरको दोब्बर जरिबाना तिरेर नवीकरण गराउन सक्ने व्यवस्था छ ।

यो प्रक्रियामार्फत पनि नवीकरण गर्न नआउने व्यवसायीको हकमा म्याद सकेको ३५ दिनदेखि एक वर्षभित्र लाग्ने तेब्बर जरिबाना तिरेर दुई वर्षका लागि नवीकरण गराउन सक्ने व्यवस्था गरेको छ । यसरी पाँच वर्षको अवधि सकेर सरकारले पुनः तीन पटकसम्म नवीकरण गर्न मौका दिए पनि व्यापारी नवीकरण प्रक्रियामा आएनन् ।

व्यापारीको अटेरीपना यत्तिमै सीमित छैन । नियमावलीमा नवौं संशोधन गरी गत् २०७० मा विशेष व्यवस्था गरेर व्यवसायीलाई नवीकरण प्रक्रियामा आउन पुनः मौका दिएको थियो । तर, यो विशेष व्यवस्थाअनुसार पनि व्यवसायी नवीकरण प्रक्रियामा सहभागी भएनन् । यो विशेष व्यवस्थाको म्याद पनि २०७२ असारमै सकिएको थियो ।

‘नवीकरण गर्न सरकारले ऐन र नियमावली अनुसार नियमित व्यवस्था र संशोधन गरेर पनि विशेष व्यवस्थामार्फत नवीकरण प्रक्रियामा आउन मौका दिए पनि उनीहरूले अटेर गरी नवीकरण प्रक्रियामा आएनन्', निर्देशक सुवेदीले भने । उनका अनुसार म्याद नाघेर एक वर्ष बितिसक्दासमेत नवीकरण गराउन नसक्ने व्यापारीका यस्ता अवैध व्यवसायलाई ऐन र नियमावलीले सम्बोधन गरेको छैन । अर्थात एक वर्षभित्र नवीकरणनगराउने व्यवसायीको व्यापारिक प्रतिष्ठानलाई नवीकरण गर्न सक्ने व्यवस्था ऐन र नियमावलीमा छैन ।

विभागका अनुसार सञ्चालनमा रहेका यस्ता अवैध व्यवसाय सञ्चालकले आन्तरिक राजस्व विभागमा नियमितरूपमा राजस्व बुझाउँछन् । बैंकबाट लिएको ऋण पनि समयमै बुझाउछन् तर व्यवसायको अनुमतिपत्र नियमित नवीकरण गराउँदैनन् । विभागका अनुसार बैंकबाट ऋण लिन मात्रै यस्ता व्यवसायी नवीकरण प्रक्रियामा सहभागी हुन आउँछन् ।

अवैध व्यवसायलाई प्रोत्साहन


व्यापारिक प्रतिष्ठानको नवीकरण नगर्ने व्यवसायीलाई राज्यले कारबाही गर्नुको साटो प्रोत्साहन दिने योजना अघि बढाएको छ । नवीकरणका पटकपटक मौका दिए पनि सहभागी नहुने व्यवसायीलाई पुनः मौका दिन विभागले घरेलु तथा साना उद्योग विभाग र वाणिज्य मन्त्रालयको सहकार्यमा योजना अघि बढाएको हो ।

विभागले घरेलु विभागको सहमतिमा प्राइभेट व्यापारिक फर्म रजिस्ट्रेसन नियमावलीमा १० औं संशोधन गर्न मन्त्रालयको सहकार्यमा कानुन मन्त्रालयमा आवश्यक राय सुझावका लागि पत्राचार गरेको छ । नियमावलीमा पुनः संशोधन भयो भने व्यवसायीले विशेष व्यवस्थाअन्तर्गत नवीकरण गर्न फेरि मौका पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.