धानको सात नयाँ जात कुन-कुन

धानको सात नयाँ जात कुन-कुन

खजुरा बाँकेः क्षेत्रीय अनुसन्धान केन्द्र खजुराले लोप हुन लागेको बासमती धानसहित विभिन्न बालीका सात नयाँ जात सिफारिस गरेको छ । केन्द्रले धानखेतीतर्फ बासनादार सुगन्धित धान १ नामक बासमती जातको सिफारिस गरेको हो ।

पछिल्लो समयमा नेपालमा बासमती जातको धान लोप हुने अवस्थामा पुगेको छ । मसिना र बासनादार धान लोप हुन लागेको अवस्थामा सुगन्धित धान १ विकास गरिएको केन्द्रका निर्देशक डा. केशवबाबु कोइरालाले जानकारी दिए । एक सय ३५ देखि एक सय ४२ दिनमा पाक्ने सो धानमा डढुवा तथा मरुवा रोगले असर नगर्ने डा. कोइरालाले बताए ।

तराई र भित्री तराईको ७० मिटर उचाइसम्मको जमिनका लागि सिफारिस गरिएको सुगन्धित धानको प्रतिहेक्टर ३.५ देखि ४.५ मेट्रिक टन उत्पादकत्व छ । डा. कोइरालाले अनुसन्धान केन्द्रद्वारा विकास गरी सिफारिससमेत भएको मसिनो र बासनादार सुगन्धित धान १ लगाउन किसानलाई आग्रह गरेका छन् ।

भारतबाट छ्यापछ्याप्ती हाइब्रिड जातका बीउ भित्रिरहेको अवस्थामा त्यसलाई विस्थापन गर्न नेपालमा नै हाइब्रिड जातको विकास गरिएको हो ।

बासमती धानको माग अत्यधिक रहेका कारण नयाँ जातको विकास गरिएको उनले बताए । कोइरालाले भने, ‘यो जातको धानको माग अत्यधिक छ, उत्पादन क्षमता राम्रो छ ।' केन्द्रले डढुवा र मरुवा रोग नलाग्ने राधा १४ जातको धान समेत सिफारिस गरेको छ ।

पहिलो पटक हाइब्रिड जातको विकास

पहिलो पटक नेपालमै डाइब्रिड जातको मकै सिफारिस भएको छ । रामपुर हाइब्रिड ४ र रामपुर हाइब्रिड ६ जातको मकै विकास गरी सिफारिस गरिएको क्षेत्रीय निर्देशक डा. कोइरालाले जानकारी दिए ।

भारतबाट छ्यापछ्याप्ती हाइब्रिड जात भित्रिरहेको अवस्थामा यसलाई विस्थापन गर्न नेपालमा नै हाइब्रिड जातको विकास गरिएको डा. कोइरालाले बताए । उनले भने, ‘भारतबाट जथाभावी गुणस्तरहीन हाइब्रिड बीउ आएको छ, त्यसलाई प्रतिस्थापन गर्न नेपालमै हाइब्रिड जातको विकास गरेका छौं ।' उनले बारा र पर्सा विगतमा भारतबाट भित्रिएको बीउ लगाउँदा मकैमा घोगा नलाग्ने समस्या देखिएको सुनाए ।

‘यो नेपालले विकास गरेको पहिलो हाइब्रिड जात हो, किसानलाई क्षतिपूर्ति दिने पैसा अनुसन्धानमा लगाउन अनुरोध गरियो, यसको सुनुवाइ भयो र हाइब्रिड जातको विकास गर्न सफल भइयो', कोइरालाले भने । सिफारिस गरिएका मकैका हाइब्रिड जातमा पाक्ने बेलासम्म पात हरियो भइरहने र डढुवा तथा गबारोजस्ता रोगकीराको समेत कम संक्रमण हुने उनले बताए । यी जात तराई र भित्री मधेसका लागि सिफारिस गरिएको हो ।

सिफारिसमा गहुँका दुई जात

गहुँको पनि स्र्वगद्वारी र वाणगंगा जात सिफारिस गरिएको छ । स्वर्गद्वारी मध्यपहाडका लागि सिफारिस गरिएको छ भने वाणगंगा तराई र भित्री तराईका लागि सिफारिस गरिएको अनुसन्धान केन्द्रका वैज्ञानिक रामबहादुर खड्काले जानकारी दिए । यसैगरी कपुरकोट २ जातको अदुवासमेत सिफारिस गरिएको छ ।
नौवटा जात सिफारिसका लागि प्रस्ताव पेस गरिएको छ । धानको जात सेहराङ सब १ सिफारिसका लागि पेस गरिएको कृषि अनुसन्धान केन्द्रले जनाएको छ । सेहराङ सब १ डुबान सहन सक्ने जात हो ।

त्यस्तै गहुँमा मुनाल जात सिफारिसको लागि पेस गरिएको छ । ड्युरम गहुँका तीन जातसमेत सिफारिसका लागि पेस गरेको कृषि अनुसन्धान केन्द्र खजुराले जनाएको छ । ड्युरम जातको गहुँको पीठोबाट चाउचाउ, चाउमिनलगायतको खाद्यान्न बनाउन सकिन्छ । खजुराले पहिलो पटक ड्युरम जात गहुँको विकास गरेको क्षेत्रीय निर्देशक डा. कोइरालाले जानकारी दिए ।

ड्युरम जातको गँहुमा डी डब्लू के २६, डी डब्लू के ३८, डब्लू के १७१२ सिफारिसका लागि पेस गरिएको छ भने मसुरोमा आर एल ४, मासमा वी एल जी ३-२-१, सिमीमा केबीएल ३ र बोडीमा पी बी ००१ सिफारिसका लागि पेस गरिएको डा. कोइरालाले जानकारी दिए ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले नयाँ जातको विकास साथै नयाँ प्रविधिको पनि विकास गरेको छ । अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरिएको क्षेत्रीय निर्देशक डा. कोइरालाले जानकारी दिए । घरभित्र काँचो इँटाको भकारी बनाएर अदुवा भण्डारण गर्दा चारदेखि पाँच महिनासम्म राख्न सकिन्छ । यसमा तीन प्रतिशतभन्दा कम क्षति हुने गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.