विमानस्थलमा मात्रै झन्डै २० अर्बको लगानी

विमानस्थलमा  मात्रै   झन्डै २० अर्बको लगानी

काठमाडौंः सरकारले चालू आव २०७३/०७४ मा नेपालका विमानस्थलमा १९ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । यो लगानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ, पोखरा र भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थलसहितको रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीका अनुसार सरकारले चालू आवमा विभिन्न विमानस्थलका लागि सेयर, ऋण र अनुदान गरी यो रकम खर्च गर्ने गरी बजेट विनियोजन गरेको हो ।

प्राधिकरणले दिएको जानकारी अनुसार सरकारले चालू आवमा विमानस्थलकै लागि नौ अर्ब १४ करोड रुपैयाँ प्राधिकरणमा सेयरका रूपमा लगानी गरेको छ । १० अर्ब १९ करोड रुपैयाँ ऋण लगानी र ३४ करोड ८३ लाख रुपैयाँ अनुदान गरी १९ अर्ब ७७ करोड रुपैयाँ चालू आवमा खर्च गर्ने गरी सरकारी लगानी आएको प्राधिकरणका प्रवक्ता केसीले बताए । विमानस्थल क्षेत्रमा सरकारले गर्ने यस्तो लगानीलाई दुर्गम क्षेत्रमा खर्च गर्ने प्राथमिकता दिइनेछ । सरकारले तोकेर खर्च गर्न निर्देशन दिने यस्तो रकम हरेक वर्ष प्राधिकरणमा सेयर, अनुदान तथा ऋण लगानीका रूपमा आउने गरेको केसीले जानकारी दिए ।

प्राधिकरणले सरकारी लगानीलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढमा केन्द्रित गरेको जानकारी दिएको छ ।प्राधिकरणका अनुसार प्राधिकरण अन्तर्गतको एरोड्रम इन्जिनियरिङ विभागका लागि एक अर्ब ३० करोड र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न एक अर्ब ५० करोड रुपैयाँ सेयर लगानी गरेको छ । त्रिभुवन विमानस्थल अन्र्तगतको हवाई सुरक्षा अभिवृद्धि आयोजना ४३ करोड रुपैयाँ अनुदान दिएको छ ।

यही अन्र्तगतको आयोजनामा एक अर्ब ३० करोड सेयर र तीन अर्ब ऋण लगानी गरेको पनि प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४० करोड रुपैयाँ सेयर र तीन अर्ब १३ करोड रुपैयाँ ऋण लगानी छ । पोखरा विमानस्थलका लागि पनि एक अर्ब सेयर र चार अर्ब ऋण लगानी छ । भैरहवा र पोखरा विमानस्थलका लागि दिएको ऋण भने नेपाल सरकारले दातृ निकायबाट ल्याएर दिएको प्राधिकरणले जानकारी दिएको छ । सरकारको लगानी
विमानस्थल रकम (रुमा)
उड्डयन प्राधिकरण एरोड्रम इन्जिनिरिङ एक अर्ब ३० करोड
हवाई यातायात क्षमता अभिवृद्धि आयोजना चार अर्ब ३१ करोड
हवाई यातायात परियोजना ४३ करोड ८३ लाख
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सात अर्ब २२ करोड
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाँच अर्ब
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्ब ५० करोड
जम्मा १९ अर्ब ७७ करोड

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत नेपालका विभिन्न ५७ वटा विमानस्थलमा लगानी गरिरहेको छ । नेपालमा हाल नियमित उडानका विमानस्थल भने ३२ वटा मात्रै छन् । कालोपत्रे भएर पनि सञ्चालन नभएका विमानस्थल भने दाङ र मनाङका मात्रै रहेको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमसँग पर्याप्त मात्रामा जहाज नभएको र निजी वायुसेवा नाफामुखी भएकोले सबै विमानस्थलमा चाहेर पनि सेवा दिन नसकिएको प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले वर्षिकरूपमा गर्ने लाभ नै चार/पाँच अर्ब भएकोले सरकारले सेयर लगानीका रूपमा हरेक वर्ष विमानस्थलमा पैसा खन्याउनु नै गलत भएको प्राधिरकण उच्च स्रोतको भनाइ छ । राजनीतिक स्वार्थ र आफ्ना चुनावी क्षेत्रमा कार्यक्रम पार्ने प्रमुख एजेन्डा विमानस्थल बन्ने, हरेक पटक आउने पर्यटन मन्त्रीले पनि आफ्नै क्षेत्रमा विमानस्थल लैजान, सुविधासम्पन्न बनाउन खोज्ने भएकोले नै नेपालमा अनावश्यक रूपमा विमानस्थलको संख्या बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.