सेयर बजार २ सय अंक घटेपछि धितोपत्र बोर्डले भन्यो, हतोत्साहित हुने अवस्था छैन

सेयर बजार २ सय अंक घटेपछि धितोपत्र बोर्डले भन्यो, हतोत्साहित हुने अवस्था छैन

काठमाडौं : सेयर बजार नियमाक निकाय धितोपत्र बोर्डले पुँजी बजारका लागानीकर्ता हतोत्साहित हुने अवस्था नरहेको बताएको छ।

सोमबार सेयर बजारमा उच्च गिरावट आएर सर्किट ब्रेक लगाउनुपरेपछि बोर्डले वक्तव्य जारी गरेर बजार सकारात्मक दिशामा अगाडि बढेको बताएको हो। नेप्सेलाई बजारको सिद्धान्तअनुसार नै चल्न दिनुपर्नछ भन्नेमा बोर्ड प्रतिवद्ध रहेको बताइएको छ।

सेयर बजारमा सोमबार मात्रै ८८ अंकले बजार घटेपछि अस्वभाविक गिरावटलाई रोक्न सर्किट ब्रेक लगाइएको थियो। यसअघि नै बजार सयभन्दा बढी अंकले ओरालो लागिसकेको छ।दुई सातामा करिब २ सय अंकले बजार घटेको छ।

बोर्डले जारी गरेको वक्तव्य

हालको दिनहरुमा विभिन्न सञ्चारमाध्यमहरुमा नेपालधितोपत्रबोर्ड र यस्का पदाधिकारीहरु प्रतिलक्षित गरी बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहित वनाई वजार घटाउन लागि परेको भन्ने समाचार प्रतिबोर्डको ध्यानाकर्षण भएको छ ।

लगानीकर्ताको हकहित संरक्षण गर्ने, वजार विकासको लागि आवश्यक कार्य गर्ने जस्ता उद्देश्यले पुँजीवजारको नियमन निकायको रुपमा स्थापित बोर्डले धितोपत्र वजारलाई, वजारको सिद्धान्त अनुरुपनै चल्नदिनु पर्छ भन्ने मान्यता राखी आफ्नो कार्य अगाडि वढाउदै आईरहेको छ । यसै क्रममा वोर्डले वजार सुधारको कार्यक्रम अन्र्तगत पूर्ण अभौतिकिकरण गरी पूर्ण स्वचालित, वजारको गहिराई हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कको पुनरावलोकन, हकप्रद तथा वोनश सेयर सिधै आफ्नो डिम्याट खातामा जम्माहुने जस्ता व्यवस्थाहरु गरी लगानीकर्ताहरुलाई कारोवार गर्न सहजीकरण गर्दै आइरहेको व्यहोरा बोर्ड सवैलाई स्मरण गराउन चाहन्छ ।

धितोपत्र वजारको नियमन निकायको रुपमा लगानीकर्ताहरुलाई वजारको विविध पक्षहरु वारे समय समयमा सुसुचितगर्नु वोर्डको प्रमुख दायित्वको रुपमा रहेकोले बोर्डले लगानीकर्ताहरुलाई वजारको विविधपक्षहरु वारे प्रेस विज्ञप्ती, वोर्डको वेभसाइट तथा विभिन्न सञ्चार माध्यममाफ्र्त जानकारी गराउँदै आईरहेको छ । यस्मा धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्वन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्रवजारको अवस्था तथा वजार सुधारका काम कारवाहीहरुको अध्ययन गरेर मात्र सुझवुझ तवरले लगानी सम्वन्धी निर्णय लिन अनुरोध गर्दै आइरहेको व्यहोरा सर्वविदितै छ ।

हालका दिनहरुमा सुचिकृत संगठित संस्थाहरुले आफ्नो पछिल्लो वित्तीयविवरण प्रकाशन गर्न शुरु गरेका र वाहिर आएका विवरण अनुसार संस्थाहरुको मुनाफ्को स्थिति सकरात्मक रहेको देखिएको परिप्रेक्ष्यमावोर्ड लगानीकर्ताहरुलाई संगठित संस्थाहरुको वित्तिय अवस्था तथा ती संस्थाहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरी हतोत्साहित नभई तथा हल्लाको पछि नलागी सुझवुझ तवरले लगानी सम्वन्धी निर्णय लिन अनुरोध गर्दछ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.