कर तिर्ने टप १० कम्पनी

 कर तिर्ने टप १० कम्पनी

काठमाडौंः सबैभन्दा बढी कर दाखिला गर्ने तीन कम्पनी उही रहे पनि आर्थिक वर्ष २०७२/७३ मा टप १० कम्पनीको सूचीबाट तीनवटा बैंक बाहिरिएका छन् । नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ (प्रा) लि.सूचीमा समावेश भएका छन् ।

सबैभन्दा बढी दाखिला गर्ने पहिलो, दोस्रो र तेस्रो नम्बरमा एनसेल, दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सूर्य नेपाल र गोर्खा बु्रअरी यथावत छन् । एनसेलको गत आर्थिक वर्षमा खरिदबिक्रीमा पुँजीगत लाभकरको विवादमा परे पनि उसले आंशिक रूपमा बुझाएको लाभकरको कारण उसको कर सहभागिता ह्वात्तै बढ्यो । एनसेलले गत आर्थिक वर्ष २८ अर्ब ५० करोड ७४ लाख रुपैयाँभन्दा बढी कर दाखिला गरेको छ ।

यसमा आयकरनै २० अर्ब ८५ करोड २१ लख ८९ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७१/७२ मा एनसेलले १७ अर्ब ०५ करोड २० लाख रुपैया“ कर दाखिला गरेको थियो । बिक्री भएपछि झन्डै १० अर्ब रुपैयाँ उसले स्रोतमा करकट्टी गरेको थियो । यसैले दोस्रो स्थानमा रहेको टेलिकमस“ग एनसेलको दूरी झन्डै १५ अर्ब रुपैयाँ पुग्यो । टेलिकमले १३ अर्ब ७५ करोड ५३ लाख ८० हजार कर दाखिला गरेको थियो । आर्थिक वर्ष २०७१/७२ मा एनसेलले टेलिकमभन्दा पाँच अर्ब रुपैयाँ बढी दाखिला गरेको थियो ।

बढी कर तिर्ने कम्पनीको तेस्रो नम्बरमा रहेको सूर्य नेपाल प्रालिले गत आर्थिक वर्ष आयकर बापत तीन अर्ब १८ करोड रुपैयाँ आयकरसहित पाँच अर्ब ७० करोड रुपैयाँ कर बुझाएको छ । यस्तै बढी कर तिर्ने चौंथो कम्पनीका रूपमा उद्योगतर्फबाट गोर्खा ब्रुअरी प्रालि परेको छ । गोर्खा ब्रुअरी प्रालिले गत आर्थिक वर्ष आयकर बापत एक अर्ब ५६ करोड रुपैयाँ आयकरसहित तीन अर्ब २१ करोड रुपैयाँ कर तिरेको छ । सूचीमा एकाएक पाचौ नम्बरमा आइपुगेको छ, नेपाल आयल निगम ।

गत वर्ष तेलको मूल्यमा गिरावट आए पनि समायोजनामा ढिलासुस्ती गरेको निगमले ठूलो मुनाफा गरेको हो । उसले एक अर्ब ३९ करोड ४० लाख २३ हजार रुपैयाँ त आयकरनै दाखिला गरेको छ ।

 यस्तै छैटौं नम्बरमा वाणिज्य बैंकको तर्फबाट नबिल बैंक लिमिटेड परेको छ । नविल बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड आयकरसहित एक अर्ब ६७ करोड रुपैयाँ कर दाखिला गरेको छ । एक अर्ब ३४ करोड रुपैयाँ आयकरसहित एक अर्ब ६४ करोड रुपैयाँ कर तिरेर सातौं नम्बरमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ ।

आठौं स्थानमा सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड एक अर्ब २५ करोड रुपैयाँ आयकरसहित एक अर्ब ३१ करोड रुपैयाँ कर बुझाएको छ । नवौं स्थानको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले एक अर्ब २३ करोड तीन लाख ८९ हजार रुपैयाँ दाखिला गरेको छ जसमा आयकर ७१ करोड ४१ लख ८० हजार रुपैयाँ छ । दसौं स्थानको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब २२ करोड ५१ लख दाखिला गर्‍यो । उसले आयकर ७१ करोड १४ लाख ९५ हजार रुपैयाँ आयकर थियो ।

यसअघि सातौं स्थानमा रहेको कृषि विकास बैंक लिमिटेड एक अर्ब रुपैयाँ आयकरसहित एक ६ करोड रुपैयाँ कर बुझाएर एघारौं स्थानमा झरेको छ । यस्तै यसअघि दसौं स्थानको हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष एक अर्ब तीन करोड रुपैयाँ आयकरसहित एक अर्ब १५ करोड रुपैयाँ कर दाखिला गरी बाह्रौ स्थानमा झर्‍यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.