तरकारी खेतीले फेरियो गाउँको मुहार

तरकारी खेतीले फेरियो गाउँको मुहार

सिरहाः नब्बे घरधुरीको गाउँमा २० सालसम्म बेसाहा गरेर खानुपथ्र्यो । जंगलबाट काठ दाउरा ल्याएर बेची गुजार चलाउनेको संख्या अधिक थियो । बलौटे जग्गा, त्यसमाथि सिँचाइ थिएन । जेठ लागेपछि गाउँमा अनिकाल हुन्थ्यो ।

पाँच बिघा खेत जोत्नेलाई पनि आफ्नो उत्पादनले वर्ष दिन खान पुग्दैनथ्यो । तर अहिले दिन फेरिएको छ । अहिले पाँच कठ्ठा जग्गा हुनेलाई आफ्नै खेतको आम्दानीले वर्ष दिन खान पुग्छ । अधिकांश मानिसले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । घरका छानामा खरको ठाउँमा टायल र एस्बेस्टस टल्किन थालेको छ । पाँच वर्षअगाडिसम्म गाउँमा मानिस काठ खरिद गर्न आउँथे तर अहिले तरकारी किन्न आउँछन् । गाउँको नाम गुरुधाम हो तर अब तरकारी गाउँको नामले चिनिन्छ । जुनसुकै मौसममा भोजभतेर वा सार्वजनिक उत्सवका काममा मानिस तरकारी किन्न गुरुधाम आइपुग्छन् ।

रूपान्तरण र कायापलटको कथा सुरु भयो गाउँमा बिजुली आएपछि । २०६० सालमा गाउँमा विद्युतीकरण भयो । सामुदायिक वनको आम्दानी र गाविसको बजेटबाट पाँच लाख खर्च गरेर स्थानीयले बिजुली ल्याए । विद्युत् आएपछि कृषकले आफ्नै खर्चमा स्यालो बोरिङ जडान गरेर व्यावसायिक तरकारी खेती सुरु गरे । बिजुली आएको ६ वर्षमा यो गाउँको आर्थिक हैसियत फेरिएको छ । यहाँका किसानले केटाकेटीलाई सिरहा, विराटनगर र काठमाडौंका बोर्डिङ स्कुलमा पढाउन थालेका छन् ।

प्रत्येक साता तरकारी बिक्री गरेर पाँचदेखि सात लाख रुपैयाँ गुरुधाम गाउँमा भित्रिन्छ । पाँच कठ्ठामात्र खेत हुनेले पनि तरकारी खेती गरेर वार्षिक दुई लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

गाउँमा तरकारी खेती नगर्ने कोही छैन । गाउँको धेरैजसो जग्गामा तरकारी नै लगाइन्छ । गाउँमा पस्नेबित्तिकै चारैतिर हरियो तरकारीको बगैंचा देखिन्छ । करेला, भन्टा, लौका, फर्सी, काउली, गोलभेडा, काँक्रा, परवल, हरियो साग, झिँगनी गरी सातामा ५० टनसम्म तरकारी यस गाउँबाट निर्यात हुन्छ । प्रत्येक साता तरकारी बिक्री गरेर पाँचदेखि सात लाख रुपैयाँ यो गाउँमा भित्रिन्छ । पाँच कठ्ठामात्र खेत हुनेले पनि तरकारी खेती गरेर वार्षिक दुई लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

स्थानीय हाटबजार, गोलबजार, राजविराज, विराटनगर, सीमावर्ती भारतीय बजार, जनकपुर र काठमाडौंसम्मका तरकारी व्यापारी तरकारी किन्न आउँछन् । गोलबजारमा पाइने तरकारीको तीनचौथाइ हिस्सा गुरुधाम गाउँबाटै आउँछ ।

कृषक राजकुमार महतो भन्छन्, ‘यो सबै हाम्रो प्रयासले भएको हो । सरकारले आजसम्म सिन्को भाँचेर पनि सघाएको छैन ।’ स्यालो बोरिङबाट पानी नपुग्ने गुनासो गर्दै उनले भने, ‘सरकारले एउटा डिप बोरिङ जडान गरिदिए हामी यो गाउँमा सुन फलाउनेथियौं ।’
.




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.