बर्सेनि २० लाख भुरा उत्पादन गर्छन् रामप्रकाश

बर्सेनि २० लाख भुरा उत्पादन गर्छन् रामप्रकाश

विष्णुपुर सिरहाः ७० वर्षे उमेरमा पनि उनमा जवानीमा झैं जोसजाँगर कायमै छ । सिरहा विष्णुपुर २ का रामप्रकाश गुप्ता एक दशकदेखि विचलित नभईकन माछा भुरा उत्पादनमा तल्लीन छन् ।

निजी र भाडामा लिएका गरी ६ वटा पोखरीमा यो सिजनमा उनले २० लाख भुरा उत्पादन गरिरहेका छन् । त्यसबाट मनग्य आम्दानी लिइरहेका छन् । उनी भन्छन्, ‘पोखरीबाट माछा र भुरा बिक्री गरी दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।'

उनले ६ वटा पोखरीमा सिल्बर, रहु, बिगहेड, नैनी, कमन, ग्रास कार्प, भ्याकुरलगायत विभिन्न प्रजातिका माछाका भुरा उत्पादन गरिरहेका छन् । ‘वैशाख, जेठ माछाका भुरा उत्पादन हुने महिना हुन्', उनले भने, ‘तिनै भुरा माछा साउनदेखि कात्तिकसम्म बिक्री गर्छु ।'

सिरहाका राजपुर, लक्ष्मीपुर र विष्णुपुरमा समेत उनको पोखरी छ । उनीद्वारा उत्पादित भुरा सिरहाका विभिन्न स्थानका पोखरीमा पुग्छन् । ‘धेरै ठाउँबाट माछा भुरा माग भइरहेको छ साउन महिनादेखि बिक्री सुरु गर्छु', उनले सुनाए । हनुमाननगर लरहैयाका जुग्ती मुखिया सहयोगी छन् । दैनिक ज्यालादारीमा राखेका तिनै सहयोगीसँगै उनको दैनिक दिनचर्या पोखरीमै बित्छ ।

बुढ्यौलीमा उनको जोस जाँगरले गर्दा सिरहामा उनी उदाहरणीय छन् । ‘कामले फुसर्दै हुँदैन', उनले भने । तर, अहिलेका युवा त्यतिकै रल्लिएर हिँडेकामा उनी चिन्तित छन्, भन्छन्, ‘अहिलेका युवा श्रमबिना नै आम्दानी लिन खोज्छन्, काम गर्न चाहँदैनन, त्यसैले कृषि उत्पादन घट्न थालेको छ ।'

 

चार कक्षासम्म पढेका गुप्ता १० वर्षअघि कृषि विकास कार्यालय सिरहामार्फत सातदिने माछा भुरा उत्पादन तालिम पाएपछि आफ्नो यसतर्फ लगाव बढेको सुनाउँछन् । ‘तालिम लिइसकेपछि म यो व्यवसायतिर तल्लीन भएँ', उनले भने, ‘त्यसपछि माछा भुरा उत्पादन सुरु गरें, सुरुवाती दिनमा धेरै कठिनाइ भोग्नु पर्‍यो ।'

त्यसपछि कृषि विकास कार्यालयका तालिममा सहभागी भइरहेका उनीसँग माछा भुरा उत्पादनसम्बन्धी सल्लाह गर्न अन्य कृषक पनि आउँछन् । उनी भन्छन्, ‘सुझाव लिन आइरहन्छन्, सुझाव दिइरहन्छु र उनीहरूलाई भुरा उत्पादनमा हौसला दिइरहन्छु ।'

साइकलमा जयनगरबाट आलु, प्याज, चामल, सियो धागो, बैलुनलगायत पान बेचेर गुजारा चलाएका गुप्ता अहिले आफ्नो पोखरीमा उत्पादित माछाको भुराबाट अरू कृषकले पनि आम्दानी लिइरहेकाले उनी खुसी हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.