सेयर बजारको विकासमा सरकार सकारात्मक : उपप्रधान तथा अर्थमन्त्री

सेयर बजारको विकासमा सरकार सकारात्मक : उपप्रधान तथा अर्थमन्त्री

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुँजी बजारको विकास र विस्तारका लागि सरकार सकारात्मक रहेको बताएका छन्।

सेयर बजारमा अस्वभाविक रुपमा गिरावट आएपछि मंगलबार अर्थमन्त्री महराले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल तथा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की लगायत अन्न सरोकारवाला अधिकारीसँग छलफल गरेका थिए। भेटमा गभर्नर नेपालले समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ गरेका थिए भने सेयर बजारको विकास तथा सुधारका लागि पनि केही सुझाव दिएका थिए।

गभर्नर नेपालले सकारात्मक रुपमा अघि बढेको सेयर बजारको वातावरण नबिग्रियोस् भन्नेतर्फ राष्ट्र बैंक सचेत रहेको बताएका थिए। त्यसैगरी धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बजारलाई प्रोत्साहन गर्न आफू सकारात्मक रहेको बताउँदै सुधार तथा बजार प्रवर्द्धनका लागि विभिन्न सुझाव दिएका थिए।

अर्थमन्त्री महराले पुँजी बजारमा देखिएको अस्वभाविक उतारचढापप्रति चिन्ता व्यक्त गर्दै सामान्य लगानीकर्ता मर्कामा पर्ने अवस्था नआवोस् भन्नेतर्फ ध्यान पुर्‍याउनुपर्ने बताएका थिए। उनले पुँजी बजारमा देखिएको लगानीको उत्साहलाई प्रोत्साहन गर्दै यसलाई अझै परिपक्क र विश्वसनीय रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

सोमबार ८८ अंकले गिरेको बजार मंगलबार ८४ अंकले उकालो लागेको छ। ८ दिनमा कुनै खास कारणबिना नै सेयर बजार २ सयभन्दा बढी अंकले ओरालो लागेपछि नवनियुक्त अर्थमन्त्रीले यसमा विशेष चासो लिएर सरोकारवालाहरुसँग परामर्श गरेका हुन्। उनले बजारमा चलखेल रोक्न र लगानीलाई सुरक्षित गर्न प्रभावकारी कदम चाल्ने पनि बताएका छन्।


यसैबीच रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा सहभागी पूर्व गभर्नर तथा अन्य विज्ञहरुले पनि पुँजी बजारको विकास र विस्तारमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका छन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताए।

उनले सर्वसाधारण नागरिक छिटो पैसा कमाउने पेशाका रुपमा पुँजी बजारमा प्रवेश गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै लहलहैमा लाग्ने प्रवृत्ति र मनोविज्ञानको विकासले बजारमा कहिलेकाहीँ उतारचढाव आउने बताए।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नवनियुक्त अर्थमन्त्रीले आफूलाई आज भेटेर बजार प्रवद्र्धनमा सहयोग दिने आश्वासन दिनुभएको जानकारी दिँदै नेपालमा संस्थागत लगानीकर्ता नभएकाले पुँजी बजार स्थिर नभएको बताए।

ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले आफूहरुले लगानीकर्ताको भावनाअनुसार कारोबार गर्दै आएको दाबी गरे।

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष आत्माराम घिमिरेले शेयर बजार भनेको पुँजी बजार हो मुद्रा बजार होइन, पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.