ठगी गर्ने पम्पमा नापताैलको सिल

ठगी गर्ने पम्पमा नापताैलको सिल

बेनिघाट धादिङः लामो समयदेखि कम परिमाणको तेल बिक्री गरेर उपभोक्ता ठग्दै आएका पृथ्वी राजमार्गमा सञ्चालित दुईवटा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल विभागको अनुगमन टोलीले सिल गरेको छ ।

सरकारद्वारा निर्धारित मूल्य लिएर तोकेको परिमाणमा इन्धन नदिने पेट्रोल पम्पमा विभागको टोलीले सिल गरेको हो । स्थानीयको उजुरी र गुनासोको आधारमा काठमाडौंस्थित गुणस्तर तथा नापतौल विभाग र क्षेत्रीय कार्यालयबाट आएको अनुगमन टोलीले राजमार्गमा सञ्चालित पेट्रोल पम्पको अनुगमन गरी दुईवटामा सिल गरी सञ्चालकलाई छानबिनको दायरामा ल्याएको हो ।

अनुगमन टोलीले जोगीमारा-९ मझिमटारस्थित त्रिशूलधारी आयल स्टोर्स र बेनीघाट-८ विशालटारस्थित सदाज्योति आयलमा सिल गरेको हो । त्रिशूलधारी पम्पमा पाँच लिटरको परिमाणमा एक सय मिलिलिटर कम र सदाज्योति आयलमा पाँच लिटरमा दुई सय मिलिलिटर कम परिणामको तेल बेचबिखन गर्ने गरिएको प्रमाण फेला परेपछि पम्पमा सिल गरिएको नापतौल विभागका मनोजकुमार उपाध्यायले बताए ।

उनले भने, ‘स्थानीयको गुनासो र उजुरीको आधारमा शंका लागेर चेकजाँच गर्दा सरकारले तोकेको निर्धारित मूल्यमा कम परिमाणमा तेल बेचेको भेटियो । कम परिमाणमा तेल बेचेर उपभोक्ता ठगेको भेटिएपछि सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन पम्पमा सिल गरिएको हो ।'

राजमार्गको धादिङ खण्डमा रहेका १७ र सदरमुकाममा रहेको एक पम्पमध्ये अनुगमन टोलीले सदरमुकामको भैरवी आयल, मलेखु शीतल बजारको गंगासागर आयल, जोगीमाराको त्रिशूलधारी र विशालटारको सदाज्योतिमा मात्रै अनुगमन गरेको थियो । जनगुनासो आएका पम्पमा मात्रै अनुगमन गरिएको विभागले जनाएको छ ।

कम परिमाणमा तेल बेचेर ठगी गरेकालाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने गुणस्तर तथा नापतौल विभागका कमल ओझाले बताए । उनले भने, ‘तौल परिणाममा ठगी गर्नेहरूलाई कम्तीमा १५ दिन बेचबिखनमा रोक लगाई नापतौल ऐन २०२५ को बमोजिम एक हजारसम्म जरिवाना र थप अनुसन्धान गरी कालोबजारी र ठगी मुद्दाको दफा २५ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.