नक्कली सुन बिक्री गर्ने व्यापारीलाई उन्मुक्ति

नक्कली सुन बिक्री गर्ने व्यापारीलाई उन्मुक्ति

काठमाडौंः २४ क्यारेट भनेर महँगो मूल्य असुल गरी नक्कली सुन उपभोक्तालाई भिडाउने राजधानीका चार व्यवसायीलाई वाणिज्य विभागले आर्थिक चलखेलका आधारमा उन्मुक्ति दिएको छ । झण्डै चार वर्ष बितिसक्दा पनि नक्कली सुन बिक्री गर्ने व्यवसायीमाथि विभागले कुनै कारबाही नगरी फायलसमेत लुकाएर राखेको छ ।

सुन व्यवसायीले २४ क्यारेटको सुनको गरगहनाभन्दै मिसावटयुक्त गरगहना उपभोक्तालाई भिडाउँदै आएको विभागकै अनुगमनबाट तत्कालीन समयमा रहस्य खुलेको थियो । व्यवसायीले सुनमा चाँदी र चाँदीमा क्याडमियमजस्ता घातक पदार्थ मिसावट गर्दैआएको नापतौल तथा गुणस्तर विभागले प्रतिवेदन बुझाइसक्दा पनि हालसम्म त्यस्ता व्यवसायीमाथि कुनै कारबाही हुन सकेको छैन ।

विभागका तत्कालीन अनुगमन अधिकृत तथा निर्देशक हरिप्रसाद बेलबासेको नेतृत्वमा २०७० पुस ८ गते राजधानीको चावहिल ६ स्थित सनराइज ज्वेलर्स, चावहिल ७ स्थित माँ आरती ज्वेलर्स, सूर्यमुखी ज्वेलर्स, गुडलक ज्वेलर्स तथा चावहिलकै त्रिबाबा ज्वेलर्स पसलमा गरगहनासम्बन्धी अनुगमन भएको थियो । अनुगमन पश्चात विभागले सुनको गरगहनामा हुन सक्ने मिसावटका विषयमा गहन अध्ययन गर्न नेपाल नापतौल तथा गुणस्तर विभागको प्रयोगशालामा नमुनासमेत पठाएको थियो ।

चार वर्ष बितिसक्दा पनि नक्कली सुन बिक्री गर्ने व्यवसायीमाथि विभागले कुनै कारवाही नगरी फाइलसमेत लुकाएर राखेको छ । 

गुणस्तर विभागका महानिर्देशक विश्ववावु पुडासैनीले सुनको परीक्षण गरी वाणिज्य विभागलाई प्रतिवेदन उपलब्ध गराएका थिए । पुडासैनीले परीक्षणको क्रममा सुनमा मिसावट भेटिएकाले आवश्यक ऐन लगाएर तत्कालै कारबाहीको प्रकृया अघि बढाउन तत्कालै वाणिज्य विभागलाई पत्राचार गरिएको जानकारी दिए ।

‘परीक्षण पश्चात सुन र चाँहीका गरगहनामा कैफियत भेटिएको थियो । हामीसँग कारबाही गर्ने अधिकार नभएकाले आवश्यक कारबाही अघि बढाउन वाणिज्य विभागलाई सुझाव दिएका थियौं,' पुडासैनीले अन्नपूर्णसँग भने, ‘सुनमा मिसावट गर्ने व्यवसायीमाथि कारबाही गर्नुपथ्र्यो । तर, हालसम्म कारबाही नभएको सुन्दा आश्चर्य लाग्यो ।'

अनुगमनको क्रममा सनराइज ज्वेलर्सबाट २४ क्यारेट भनिएको सुनको नेकलेस परीक्षणका लागि लिइएको थियो । गुणस्तर विभागले उक्त सुनमा ९७.७५ प्रतिशत सुन र २.३६ प्रतिशत चाँही मिसावट भएको प्रतिवेदन दिएको थियो ।

 

यसैगरी त्रिबाबा ज्वेलर्सको सुनको २४ क्यारेट भनिएको मंगलसूत्रमा ९७.६० प्रतिशत सुन र १.९० प्रतिशत चाँदी मिसाइएको फेला परेको थियो । सोही पसलको ९५ प्रतिशत चाँदी भनिएको चाँदीको दियोमा ८०. ९० प्रतिशत चाँदी र १८.६८ क्याडमियम भेटिएको छ ।

नापतौल विभागका अनुसार माँ आरती ज्वेलर्सको २४ क्यारेट भनिएको सुनको औंठीमा ९६.५५ प्रतिशत सुन र १.४७ प्रतिशत चाँदी भेटिएको छ । सोही पसलको २३ क्यारेटको सुनको टपमा ९४.१४ प्रतिशत सुन र ५.२४ प्रतिशत चाँदी भेटिएको छ । यसैगरी गुडलक ज्वेलर्सको २४ क्यारेट भनिएको सुनको मंगलसूत्रमा ९५.०७ प्रतिशत सुन र ३.६३ प्रतिशत चाँदी फेला परेको छ ।

त्यसैगरी सूर्यमुखी ज्वेलर्सको २४ क्यारेटको सुनको मंगलसूत्रमा ९५.०७ सुन र ३.५ प्रतिशत चाँदी भेटिएको छ । सोही पसलको २४ क्यारेटको सुनको टपमा ९६.२४ प्रतिशत सुन र २.८० प्रतिशत चाँदी फेला परेको थियो ।

वाणिज्य विभागले गुणस्तरहीन सुन प्रमाणित भइसक्दा पनि अनुगमन गरेको ३५ दिनभित्र दोषी भनिएका व्यावसायीको म्याद कटे पनि वयान लिएको छैन । निर्धारित समयमा बयान नलिएर विभागका अधिकारीले उक्त मुद्दालाई हलुको बनाएका थिए । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले सुन प्रकरणका विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे ।


विभागले फायल बुझाएन


ओली सरकारको समयमा वाणिज्य मन्त्रालयबाट आपूर्ति मन्त्रालय फुटे लगत्तै वाणिज्य विभागबाट फुटेको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागलाई हालसम्म सुन ठगीसम्बन्धी फायल बुझाइएको छैन ।

वाणिज्यबाट आपूर्ति विभाग फुटिसकेपछि उपभोक्ता ठगीसम्बन्धी मुद्दाका सम्पूर्ण फायल आपूर्तिलाई हस्तानान्तर गर्नुपर्नेमा हालसम्म सुनसहित अन्य मुद्दाका फायल बुझाइएको छैन ।

आपूर्ति विभागका शाखा अधिकृत दिपक पोखरेलले विभाग फुटिसकेपछि मुद्दासम्बन्धी सम्पूर्ण फायल आपूर्तिमा आउनुपर्ने व्यवस्था भए पनि हालसम्म सुनसहित अन्य फायलहरु प्राप्त नभएको औल्याए।

‘विभाग फुटिसक्दा पनि सुन प्रकरणसहित अन्य फायल हामीलाई हस्तान्तरण गरिएको छैन', उनले भने, ‘पटकपटक ताकेदा गरपनि फायल आएन ।' मअनुसार विभाग फुटिसकेपछि उपभोक्तासम्बन्धी मुद्दाको फायल आपूर्तिलाई बुझाउनुपर्ने व्यवस्था भएको वाणिज्य विभागका महानिर्देशक कोइरालाले स्वीकार गरे ।

उनले भने, ‘आपूर्तिमा फायल जानुपथ्र्यो तर किन गएन बुझेर भनौंला ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.