कुचो बेचेर राम्रो आम्दानी

कुचो बेचेर राम्रो आम्दानी

बनेपाः अम्रिसोको कुचो बनाएर राम्रो आम्दानी हुनेभएपछि यहाँका स्थानीय अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।

‘थोरै लगानी र कम मेहेनतमै अम्रिसोबाट लाखौं रुपैयाँ कमाउने गरेको छु' च्याम्राङबेसीका ४७ वर्षे किसान रामप्रसाद तिमल्सिनाले भने, ‘अम्रिसोको फूलबाट कुचो र बोटबाट गाईभैंसीका लागि घास हुने भएकाले आम्दानी राम्रो छ'

तिमल्सिनाले उत्पादित कुचो काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका विभिन्न स्थानहरूमा ५० देखि ७० रुपैयाँसम्ममा बिक्री गरेर यो वार्षिक दुई लाख रुपैयाँ आम्दानी गरेको बताए ।

अम्रिसोले राम्रो मूल्य पाएपछि यसतर्फ किसान आर्कर्षित हुँदै गएका छन् । भिरपाखामा समेत पाइने अम्रिसो भिरालो पाखाबारीमा भू–क्षय नियन्त्रणका लागि राम्रो मानिन्छ । बहुउपयोगी अम्रीसो स्थानीय कृषकका लागि घर खर्च टार्ने राम्रो आम्दानीको स्रोत बनेको छ ।

‘सबै क्षेत्रमा एउटै मूल्य नभई व्यापारीअनुसार फरक फरक मूल्य भए पनि कुचोको बजार भएको स्थानीय छवीलाल तामाङको भनाइ छ । यस्तै फलामेटारका आइत तामाङ पनि अम्रिसो खेतीतर्फ लागेका छन् ।

व्यापारीहरूले किसानको घरघर बाटनै कुचो संकलन गरेर लाने भएकाले बिक्री गर्न कुनै समस्या नरहेको बुढाखानीका अम्रिसो खेती गर्दै आएका थर्क तामाङले भने, ‘बजारको कुनै समस्या नभए पनि अम्रिसोको फूलको मूल्य स्थिर भने रहने गरेको छैन, घाँसमा समेत प्रयोग हुने कारण बजार मूल्यले अम्रिसो खेतीमा खासै प्रभाव पर्दैन । '

पहाडी भिरालो जग्गाका कारण ग्रामीण क्षेत्रका कृषकले भू-क्षयको समस्या व्यर्होदै आएका छन् । बारीको कान्लामा लगाइने अम्रिसो भूक्षय नियन्त्रणका लागि अति उपयोगी मानिन्छ । राम्रो कमाइ हुने देखेकै भरमा यसको खेतीतर्फ लागेका कृषकले कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् ।

अम्रिसो खेतीमा लागेका किसानका लागि विभिन्न तालिम,तथा निःशुल्क बिरुवा उपलब्ध मात्र गराउने हो भने पनि भिराला पाखाबारीको भू-क्षय कमी हुने डालेघाँसले पशुवस्तुमार्फत थप आम्दानी हुने र कुचो बेचेर नगद प्राप्त गरी स्थानीयको आर्थिक पक्षमा समेत राम्रो प्रभाव पर्ने कृषक बताउँछन् ।

जिल्लाका महाभारत क्षेत्रको पहाडी भूभाग, डाँडापारी क्षेत्र, च्याम्राङबेसी ,मिल्चे, साल्धारा, बनखु बुढाखानी फोक्सीङटार, कलाती भूमिडाँडा लगायतका गाविसमा बढीमात्रामा लगाइएको अम्रिसोबाट वार्षिक २० टनभन्दा बढी कुचो बिक्री हुने गरेको छ । काभ्रैबाट मात्र वार्षिक ३० देखि ४० लाख बराबरको कुचो उपत्यका लगायत विभिन्न जिल्लामा जाने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.