अर्थमन्त्री महरालाई बाबुरामका १० सुझाव

अर्थमन्त्री महरालाई बाबुरामका १० सुझाव

काठमाडौँः नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री कृष्णबहादुर महरालाई १० सुझाव दिएका छन् । पूर्वअर्थमन्त्री सँग सुझाव लिने योजना अनुसार अर्थमन्त्री महरा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईसँग सुझाव लिन बुधबार साँझ निजी निवास सानेपा पुगेका थिए ।

महरालाई बाबुरामका १० सुझाव
कुरा थोरै काम धेरै गर्ने,

पपुलिष्ट भन्दा परिणाममुखी काम गर्ने,

युवा स्वरोजगार कार्यक्रमलाई पहिलेकै स्पिरिट अनुसार प्रभावकारी ढंगले कार्वान्वयन गर्ने,

फाष्टट्रयाक, मध्यपहाडी लोकमार्ग, कोसी–गणडकी–कर्णाली उत्तरदक्षिण लोकमार्ग, हुलाकी मार्ग लगायतका रणनीतिक महत्वका सडक छिटो पूरा गर्न जोड दिने,

भर्खरै हेलिकोप्टर दुर्घटनाले सबैको ध्यानाकर्षित गरेको उत्तरी गोरखा जोड्ने वेनीघाट–लार्के सडकको ट्र्याक यसै बर्ष खोल्न आवश्यक रकमको व्यवस्था गर्ने,

बुढीगण्डकी, पश्चिम सेती, नल्सिंगगाड, दूधकोशीलगायतका महत्वपूर्ण जलाशययुक्त जलविद्युत योजना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने,

सहिद र वेपत्ता परिवारलाई राहत स्वरूप ५ लाखको तामाकोशी चपरियोजनाको सेयर प्रदान गर्ने,

बहिर्गमित लडाकुलाई २ लाख दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने,

जनतालाई प्रत्यक्ष राहत मिल्ने काम गर्ने,

भ्रष्टाचार रोक्न विशेष चनाखो बन्ने ।

अर्थमन्त्री महराले बुधबार बिहान कांग्रेस र एमालेका पूर्वअर्थमन्त्रीसँग छलफल गरेका छन् ।  पूर्वअर्थमन्त्रीसँगको छलफलबारे जानकारी दिदै अर्थमन्त्री महराका प्रमुख स्वकीय सचिव एवम् माओवादी केन्द्रका नेता हिमाल शर्माले भने, ‘बुधबार बिहान कांग्रेस नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महत र एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग समेत छलफल भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.