तिमालमा पर्यटन स्मृति पार्क

तिमालमा पर्यटन स्मृति पार्क

काभ्रे तिमालः नेपालको पर्यटकीय गन्तव्य विविधिकरण गर्न र पर्यटकीय आकर्षण बढाउन काभ्रेको तिमालमा पर्यटन स्मृति पार्क निर्माण गरिने भएको छ ।

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)ले तिमालमा पर्यटन पार्क बनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ । टानले पार्क निर्माण पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक अभियानको सुरुवात भएको जानकारी दिएको छ ।

पर्यटन क्षेत्रमा दिवंगत भएका पर्यटन सम्वद्र्ध व्यक्तिको प्रतिमा, पर्यटकीय गतिविधि, तिमालको पर्यटकीय नमुनासहति विविध पर्यटकीय गतिविधि समेटेर पर्यटनपार्क निर्माण गर्न लागिएको टानका महासचिव कर्ण लामाले जानकारी दिए । लामाका अनुसार पार्क पर्यटन क्षेत्रकै नमुना र ऐतिहासिक महत्व झल्काउने खालको हुनेछ ।

पार्क निर्माण गर्न टानको अघिल्लो कार्यसमितिले गरेको निर्णयलाई वर्तमान कार्यसमितिले कार्यान्वयमा लैजान लागेको छ । पार्क कस्तो बनाउने र कसरी काम गर्ने भन्ने विषयमा आगामी ६ महिनाभित्र गुरुयोजना बनाइसक्ने लामाको भनाइ छ । पार्क बनाउन सामुदायिक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको चापपोखरी गाविसको एक सय ४० रोपनी जग्गा टानले प्रयोग गर्ने भएको छ । समितिले दीर्घकालीन प्रयोगका लागि जग्गा टानलाई दिने पनि सहमति जनाएको छ ।

पर्यटनपार्क बनाउन नेपाल पर्यटन बोर्ड तथा अन्य पर्यटकीय संस्थाको पनि सहयोग लिने टानले जानकारी दिएको छ । पार्कलाई औपचारिकतामा मात्रै सीमित नराखेर पर्यटकीय आकर्षणको नमुना बनाउने गरी योजना अगाडि सारिएको टानका द्वितीय उपाध्यक्ष राम सापकोटाले बताए ।

सापकोटाका अनुसार तिमालमा पर्यटकीय गतिविधि बढाउने, तिमालमा भएका विविध पर्यटकीय आकर्षणलाई पहिचान गराएर पार्कसँग लिंक गराउने र स्थानीयले लाभ लिन सक्ने गरी योजना अगाडि सारिएको सापकोटाको बुझाइ छ । उनका अनुसार पर्यटन आकर्षण गर्न र स्थानीयले आर्थिक लाभ लिन सक्नेगरी पदयत्रा, होमस्टे तथा अन्य पर्यटकीय गतिविधि बढाउन सकिन्छ ।

पार्क बनाउन टानले सम्बन्धित सरोकारवाला निकाय, स्थानीय समुदाय तथा पर्यटकीय संस्थासँगको सहकार्य अगाडि बढाइसकेको जानकारी दिएको छ । पार्क बनाउन लाग्ने खर्च भने टानले गुरुयोजनापछि मात्रै तय गर्ने पनि लामाले जानकारी दिए । उनका अनुसार तिमाल क्षेत्रको पर्यटकीय आकर्षणलाई समावेश गरेर पार्कको गुरुयोजना बनाउने तयारी भएको छ ।

तिमाल पर्यटकीय क्षेत्र


तामाङ समुदायको वाहुल्यता रहेको तिमाल बहुमूल्य वनस्पति बुद्धचित्तको नामले परिचित छ । पछिल्लो समय आर्थिक लाभका दृष्टिले परिचित बुद्धचित्तलाई पर्यटकीय आकर्षणको माध्यम बनाएर जान सकिने पनि टानका उपाध्यक्ष तेज गुरुङले बताए ।

तिमालमा भएको पर्यटकीय आकर्षणलाई एकपछि अर्कोसँग लिंक गरेर प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ । टानले तिमालको पर्यटकीय आकर्षणका रूपमा ग्रेट बुद्धिष्ट मास्टर्स ट्रेल, टान टुरिजम मेमोरियल पार्क, बुद्धचित्त रोपणको क्षेत्र, क्यानोनिङका गन्तव्य, सुनकोसी नदीमा र्‍याफिटिङसहितको प्याकेजको योजनामा अगाडि सारको छ ।

तिमाल र आसपासमा भएका यस्ता पर्यटकीय गतिविधिका योजनामा गुफा पर्यटन, धार्मिकस्थल, कृषि पर्यटन, तामाङ संस्कृति हेरिटेजसहितका पर्यटकीय आकर्षण रहेको टानले औंल्याएको छ ।

तिमाल ग्रेट बुद्धिस्ट ट्रेल महाभारत पर्वतको चारदेखि पाँच दिनको, महाभारत पर्वत ट्रेल पाँच दिनको गरी पदयात्रा गन्तव्य नै तय भएको छ । यी गन्तव्यको पदायत्रा चालू रहेको आवश्यक प्रवद्र्धन भने गर्नुपर्ने बुझाइ टानको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.