नेप्सेमा भारी गिरावट

नेप्सेमा भारी गिरावट

काठमाडौंः सेयर बजारका लगानीकर्ता बिच्किएका छन् । पछिल्लो समय बजारमा बेस्सरी उतारचढाव आएपछि लगानीकर्ताको मनोबल घटेको हो । दुई सातायता नेप्सेमा करिब एक सय ८७ अंकले गिरावट आइसकेको छ । दिनहुँजसो बजार घट्नेक्रममा छ । आइतबार कबिर ४०.९४ अंकले झरेको नेप्से सोमबार पनि थामिन सकेन । लगानीकर्ता हतोत्साही भएपछि सोमबार पनि नेप्से ३९.१२ अंकले तल झर्‍‍र्यो ।

यतिबेला ठूला लगानीकर्ता ‘पर्ख र हेर' को अवस्थामा छन् । साना र नयाँ लगानीकर्ता भने निकै त्रसित देखिएका छन् । दुई सातायता बजारमा निकै ठूलो उतारचढाव आएपछि साना लगानीकर्ता तर्सिएका हुन् । दिनहुँजसो बजार घट्न थालेपछि जुनसुकै भाउमा पनि बिक्री गरेर निक्लिहाल्ने प्रवृत्ति देखिएको फ्रन्टलाइनमा बसेर काम गरिरहेका ब्रोकरहरूको भनाइ छ ।

पछिल्लो समय बजार निकै अस्थिर बन्दा साना लगानीकर्ता आत्तिएका छन् । बजार लगातारजसो बढेका बेला पसेका उनीहरू अहिले फेरि दिनहुँजसो घट्न थालेपछि आत्मबल गुमाउने अवस्थामा पुगेका हुन् । नेपाल इन्भेस्टर्स फोरमका सदस्य राजन लम्साल साना लगानीकर्ताको मनोबल गिर्दा बजार घट्न गएको बताउँछन् । ‘ठूला पर्ख र हेर' को अवस्थामा छन् । साना आत्तिएर बेच्न थालेका छन्', उनले भने ।

कतिपय ठूला लगानीकर्ताले १८८१ विन्दुबाट बुल फर्किएको भन्न थालेका छन् । यसपटकको बुलको उच्चतम विन्दु नै १८८१ हो । अब बजार बढे पनि त्यो विन्दुलाई पार गर्न सक्दैन भन्नेहरूको समूह अहिले बजारमा बढ्न थालेको छ । अर्का थरी लगानीकर्ताको समूह भने बजार अहिले करेक्सनको अवस्थामा रहेको र करेक्सन सकिएपछि फेरि फर्किएर नेप्सेले १८८१ विन्दुलाई पार गर्ने बताउँछन् ।

बजारको उच्चतम र न्यूनतम विन्दु कसैले पनि ठोकुवा गर्न सक्दैन । यतिबेला साना लगानीकर्ता भने सुरक्षित हुनुपर्ने बेला भएको छ । दुई सातायता बजारले एउटा निश्चित बाटो देखाउन सकेको छैन । प्रत्येक दिन निकै उतारचढाव भइरहेको छ । एकै दिन ३०-४० अंकको उतारचढाव आउने गरेको छ । पछिल्ला कारोबारमा सुरू चरणमा बजार बेस्सरी घट्ने, बीचमा घट्नेक्रम कम हुँदै जाने अनि फेरि अन्तिम चरणमा थप तल झर्ने प्रवृत्ति देखिएको छ । यस्तो प्रवृत्तिलाई विश्लेषकहरूले बजार अस्थिर भएको बताउने गरेका छन् । यस्तो बेला सेयर किन्दा फस्ने सम्भावना बढी हुन्छ । यो बियरिस ट्रेन्डको संकेत पनि हो ।

बजार बढ्दोक्रममा कारोबारको पहिलो चरणमा बजार बढ्ने, मध्यतिर केही घट्ने अनि फेरि अन्तिम चरणमा बजार बढेर बन्द हुने प्रवृत्ति बढी हुन्छ । घट्दोक्रममा बजारले बढेजस्तो गरेर झुक्याउने भएकाले लगानीकर्ता निकै सचेत हुन जरूरी छ । बढ्न लाग्यो भनेर किन्दा अर्को दिन झन् घट्न सक्ने भएकाले केही समय धैर्य गर्न बजारका ठूला लगानीकर्ता र विश्लेषकको भनाइ छ ।

सेयरमा बजारको मनोविज्ञान र ट्रेन्ड निकै महत्वपूर्ण पक्ष हुन् । ट्रेन्ड पत्ता लगाउन नसके लगानी डुब्ने सम्भावना बढी हुन्छ । पछिल्लो समय बजार लगातारजसो बढ्न थालेपछि घटाउन निकै चलखेल भएको थियो । केही लगानीकर्तालाई विगतमा झस्तै बजार लगातार घटेर निकै तल्लो विन्दुमा आउला भन्ने डर पनि छ । तर ठूला लगानीकर्ता र विश्लेषकका अनुसार नेप्से २०६५ पछिको जस्तो पेनिक अवस्थामा भने आउने देखिँदैन ।

अहिले सूचीकृत कम्पनीको वित्तीय अवस्था राम्रो छ । वाणिज्य बैंकको भाउमा खासै बुल आएको छैन । कमाई राम्रो भएको छ । अहिले बजारमा हजारौं नयाँ लगानीकर्ता थपिएका छन् । सामूहिक लगानी कोष तथा इन्भेस्टमेन्ट कम्पनी आएका छन् । जसका कारण आकर्षक मुनाफा दिने कम्पनीमा भाउ घटेपछि फेरि क्रेता आउने विश्लेषकको भनाइ छ ।

पछिल्ला दिनका कारोबारमा सुरु चरणमा बजार बेस्सरी घट्ने, बीचमा घट्नेक्रम कम हुँदै जाने अनि फेरि अन्तिम चरणमा थप तल झर्ने गरेको छ । यस्तो प्रवृत्तिलाई विश्लेषकले बजार अस्थिर भएको बताउने गरेका छन् । यो बियरिस ट्रेन्डको संकेत पनि हो ।

कालोधन छानबिनको कार्ड फालेपछि बजार तल झर्नेक्रम सुरू भएको हो । सोमबार बजारमापक नेप्से परिसूचक ३९.१२ अंकले घट्दा १६९४.८१ विन्दुमा आइपुगेको छ । बजार २.२६ प्रतिशतले तल ओर्लिएको हो । कुल एक अर्ब १९ करोड २९ लाख ४९ हजार सात सय ६९ रुपैयाँको सेयर कारोबार भयो । २४ लाख १७ हजार दुई सय पाँच कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पति नाप्ने बजार पुँजीकरण १८ खर्ब ६८ अर्बमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.