विभिन्न उद्योगमा सिलबन्दी, दुई सय किलो मासु नष्ट

 विभिन्न उद्योगमा सिलबन्दी, दुई सय किलो मासु नष्ट

काठमाडौँ: सरकारले नियविपरित सञ्चालन भएका विभिन्न सात उद्योगमा सिलबन्दी गरेको छ । मंगलबार आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण मञ्च, खाद्य संस्थान नेपाल र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनबाट नियमविपरीत सञ्चालन भएका सात उद्योगमा सिलबन्दी गरिएको आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सिलबन्दी गरिएका सातमध्ये तीन खानेपानी उद्योग, तीन औषधि पसल तथा पोलिक्लिकल र एक पेट्रोलपम्प रहेका छन् ।

सिलबन्दी गरिएका तीन पानी उद्योगमा बूढानीलकण्ठका क्षेत्रका रहेका छन् । अनुगमनका क्रममा नवीकरण नगरेका सिनामङ्गल क्षेत्रका तीन औषधि पसल पनि बन्द गरिएको छ ।

मन्त्रालयले दूध, पानी, खाद्यान्न, औषधि, पेट्रोललगायत ११ आम उपभोक्ता सङ्घ प्रत्यक्ष सरोकार वस्तुका उपत्यका क्षेत्रका ५५ उद्योग व्यवसायमा अनुगमन गरेको छ  ।

उपभोक्तालाई गुणस्तरहिन मासु बिक्रि गरेको अभियोगमा आपूर्ति मन्त्रालयले दुई सय किलो कुखुराको मासु नष्ट गरेको छ । मन्त्रालयको अनुगमन टोलीले सोह्रखुट्टेमा फोहोर अवस्थाको कुखुराको मासु उपभोक्तालाई बिक्रि गर्न खोज्दा चिकेन हाउस भन्ने पसलबाट एक सय ८३ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

सोही टोलीले सिनामंगल क्षेत्रमा दुईवटा क्लिनिक र एउटा फार्मेसीमा सीलवन्दी गरेको हो । मन्त्रालयले विभिन्न सरोकारवाला निकायको सहभागीतामा १२ वटा टोली गठन गरेर सोमबारदेखि बजार अनुगमन सुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.