अलैचीमा एक सय १० प्रतिशतले कर वृद्धि
खाँदबारीः बहुमूल्य जडीबुटी अलैचीको जिल्ला निकासी करमा जिल्ला विकास समितिले एक सय १० प्रतिशत वृद्धि गरेको छ । हालै सम्पन्न २४ औं जिल्ला परिषद्ले गत वर्षसम्म प्रतिकिलो तीन रुपैयाँले असुल गरिने कर किलोमा चार रुपैयाँ वृद्धि गरी सात रुपैयाँ पुर्याएको छ ।
अलैंची उत्पादनमा कमी आएको अवस्थामा निकासी कर बढाइएको भन्दै किसान आन्दोलित भएका छन् । अलैची किसान र अलैंची व्यवसायी महासंघले निकासी कर किसानको हितमा हुने गरी सच्याउन जिल्ला विकास समितिसँग माग गरेका छन् ।
नेपालमा ताप्लेजुङपछि दोस्रो धेरै अलैंची उत्पादन हुने जिल्लामा संखुवासभा पर्छ । जिल्लाका २२ गाविस र तीन नगरपालिकामा अलैंची उत्पादन हुँदै आएको छ ।
किसान र व्यवसायीसँग कुनै छलफल र जानकारी नगराइ जिल्ला विकास समितिले स्थानीय स्वयत्त शासन ऐन विपरीत एकलौटी कोठे निर्णय गरेको महासंघका अध्यक्ष छत्रमणि काफ्लेले आरोप लगाए । एक पटकमा एक सय १० प्रतिशत कर वृद्धि गर्नु वैज्ञानिक र व्यावहारिक नभएको किसानको भनाइ छ । उनीहरूले करवृद्धि फिर्ता गर्न माग गरेका छन् ।
नेपालमा ताप्लेजुङपछि दोस्रो धेरै अलैंची उत्पादन हुने जिल्लामा संखुवासभा पर्छ । जिल्लाका २२ गाविस र तीन नगरपालिकामा अलंैची उत्पादन हुँदै आएको छ । रोगले ग्रस्त भई ७० प्रतिशत अलैची उत्पादनमा गिरावट आएको महासंघको तथ्यांक छ ।
महासंघका सचिव विकास पौडेलले यसै मौकामा निकासी राजस्व वृद्धि गरी जिविसले किसानको डाँढ सेक्नु उपयुक्र्त नहुने भन्दै तत्काल गत वर्ष जस्तै कायम गर्नु पर्ने माग गरेका छन् ।
पौडेलले निकासी करबाट कम्तीमा पनि ५० प्रतिशत रकम किसानको हित हुने कार्यक्रम र अलंैची खेती विकास गर्न लगानी गर्नु पर्ने माग गरे । यता जिविसले भने यस विषयमा थप छलफल गर्ने जानकारी दिएको छ ।