नेविसंघको चुनाव निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सुरु

नेविसंघको चुनाव निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सुरु

काठमाडौंः नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि निर्धारित पाँच घण्टा ढिलो मतदान सुरु भएको छ। बुधवार बिहान ७ बजेदेखि निर्वाचन सुरु हुने कार्यतालिका भएपनि मध्यान्ह १२ बजेदेखि मात्रै नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य कृष्ण पनेरुले प्रासिवधिक कारणले मतदान सुरु हुन ढिलाइ भएको बताए। उम्मेदवार धेरै भएकाले मतपत्र र विद्युतीय भोटिङ मेसिनको व्यवस्था गर्न केही समय लागेकाले मतदान पाँच घण्टा ढिलो सुरु भएको पनेरुले बताए।

कांग्रेस पार्टी कार्यालय सानेपामा मतदान अहिले चलिरहेको छ। मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसेका छन्। मत खसाल्न एकजनालाई कम्तिमा १० देखि १५ मिनेट समय लाग्ने पनेरुले बताए।

अध्यक्ष, महामन्त्री र कोषाध्यक्षसहित खुल्ला पदका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ भने कोटाबाट निर्वाचन लडेकाहरुलाई मत दिन मतपत्रको व्यवस्था गरिएको पनेरुले जानकारी दिए। मतदानका लागि ४० वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको छ।

९ वर्षपछि हुन लागेको नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि सात जना चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षका लागि संस्थापन पक्षबाट नैनसिंह महर र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै अध्यक्षका लागि शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की पनि चुनावी मैदानमा उत्रिएका छन्।
महामन्त्रीमा दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा र शंकर पौडेलबीच प्रतिस्पर्धा भइरहेको छ।

कोषाध्यक्षमा भने अञ्जना अर्याल, केदार खनाल, शिव रिमाल, टीका श्रेष्ठ र उमेश भट्टराई चुनावी मैदानमा उत्रिएका छन्।

१ सय २३ पदका लागि ६ सयभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.