‘महिलालाई नेतृत्वमा पुग्न कसैले रोक्न सक्दैन’

‘महिलालाई नेतृत्वमा पुग्न कसैले रोक्न सक्दैन’

काठमाडौँ: सभामुख ओनसरी घर्तीले नेपालका महिलालाई नीति निर्माणको नेतृत्व तहमा पुग्न अब कसैले रोक्न नसक्ने बताएकी छन् ।

नेपाल प्रहरी श्रीमती सङ्घको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा सभामुख घर्तीले नयाँ बनेको संविधानले महिलालाई सामाजिक र राजनीतिक विभेदबाट मुक्त गरेको बताउँदै संविधान कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरिन् ।

अहिले कायम रहेको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिलाको नेतृत्वको फेरि अवसर पाउँछन् कि पाउँदैनन् भन्ने गम्भीर प्रश्न उठिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘ढुक्क हुनुहोस्, छोरासरह छोरीलाई पनि शिक्षामा अवसर दिनुहोस् । अब नेपालमा छोरीको उज्ज्वल भविष्य कसैले रोक्न सक्दैन ।’

सङ्घले प्राकृतिक प्रकोपमा सहयोग, लागुऔषध नियन्त्रण र समाजसेवा लगायतका क्षेत्रमा गर्दै आएका आफ्ना गतिविधिलार्ई निरन्तरता दिन सभामुखले आग्रह गरिन । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सङ्घलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा पनि सङ्घ मानवीय र सामाजिक कार्यमा सक्रियतापूर्व सहभागी हुने आशा व्यक्त गरे ।

सङ्घका अध्यक्ष रोशी अर्यालले सङ्घले आफ्ना सदस्यका लागि सीपमूलक तालिम, छोराछोरीलाई छात्रवृत्तिलगायतका सामाजिक कार्य गर्दै आएको जानकारी गराइन । कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.