यी हुन् ट्विटर टिप्स

यी  हुन् ट्विटर टिप्स

ट्विटर अहिले लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । राजनेता, सेलिब्रेटी र सामान्यजनसम्म यो लोकप्रिय छ । नेपालमा पनि ट्विटर लोकप्रिय छ । यहाँ त्यही लोकप्रिय ट्विटरका प्रयोगकर्तालाई उपयोगी हुने केही टिप्स छन्ः

 प्रोफाइल पिक्चर सुन्दर बनाउनुस्

-प्रोफाइलमा आफ्नै फोटो राख्नुस् जसले गर्दा तपाईंको व्यक्तिगत अकाउन्ट हो भन्ने ढुक्क बनाउँछ ।
-ब्याकग्राउन्ड इमेज पनि आफ्नै राख्दा राम्रो हुन्छ तर धेरै ठूलो नबनाउनुस् ।

थर्ड–पार्टी टुल्स प्रयोग गर्नुहोस्

थर्ड–पार्टी टुल्सहरूले तपाईंको ट्विटर अनुभव अझै रोचक र लाभदायक बनाउन सक्छन् । त्यसका लागि निम्न टुल्स प्रयोग गर्न सकिन्छ । जस्तै— ट्विट पिकको प्रयोगले ट्विटरमा फोटो अपलोड गर्न सहज हुन्छ ।

ट्विटर सर्चको प्रयोग गर्नुहोस् 

ट्विटर सर्चको प्रयोगले तपाईंलाई खोजेको फेला पार्न निकै सजिलो बनाइदिन्छ ।


फलोअर्स ट्विटरको संसार हो । तर, निम्नानुसार ध्यान दिनु उपयुक्त हुन्छः

-फलोअर्सलाई व्यस्त राख्नुस् ।
-भएजतिका सबैलाई फलो नगर्नुहोस्, कसैेले पनि हजारजनालाई फलो गरेको तर दसजना मात्रै फलोअर्स भएकालाई फलो गर्न चाहन्न ।
-रोचक पोस्ट रिट्विट गर्नुहोस् ।
-बहसहरूमा भाग लिनुहोस् ।
-नबिर्सनुहोस्, कसैलाई पनि हरेक ट्विट पढ्न सम्भव हुँदैन ।

आवश्यक र रोचक ट्विट तयार गर्नुहोस्

-सकेसम्म सबै ट्विट रोचक र जानकारीमूलक बनाउने प्रयास गर्नुहोस् ।
-यस्तो गर्दैछु, उस्तो गर्दैछु भनेर ट्विट नगर्नुहोस् ।
-ट्विटहरूमा ह्यासट्याग गर्नुहोस् ताकि अरूले सजिलै फेला पारून् ।
-प्रशस्त ट्विट गर्नुहोस्, बल्ल तपाईंको उपस्थिति देखिन्छ ।
-गाली गर्ने नगर्नुहोस्, सम्बन्ध बिग्रन्छ ।

ट्विटरको भाषा सिक्नुहोस् । जस्तै— डाइरेक्ट म्यासेजलाई डीएम, रिट्विटलाई आरटी, ट्रेन्डिङ ट्विट आदि ।

ट्विटरका हस्तीहरूलाई फलो गर्नुहोस् ।

सामाजिक अभियन्ता, विशेषज्ञ, सरकारी व्यक्तित्व, पत्रकार, सेलिब्रेटी आदिलाई फलो गर्दा ज्ञान, जानकारी र सूचना पाउन सकिन्छ ।

लिस्ट बनाउनुहोस् र उपयोग गर्नुहोस्

लिस्ट बनाउँदा तपाईंले फलो गरेका व्यक्तिलाई पनि फिल्टर गर्न सजिलो हुन्छ ।

मोबाइलमा प्रयोग गर्नुहोस्

मोबाइलमा ट्विटर एप्स प्रयोग गर्दा ट्विटरमा सक्रिय हुन सजिलो हुन्छ ।

विज्ञापन

ट्विटर पेजमा विज्ञापन पनि गर्न सक्नुहुन्छ, नबिर्सनुहोस् । साथै सामाजिक गतिविधिका लागि पनि ट्विटर निकै उपयोगी हुनसक्छ ।
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.