ठूला आयकर दातामा सेवा क्षेत्रको बाहुल्य

ठूला आयकर दातामा सेवा क्षेत्रको बाहुल्य

काठमाडौंः  सरकारलाई आयकर बुझाउने प्रमुख कम्पनीमा सेवामूलक क्षेत्रको बाहुल्यता देखिएको छ । गत आर्थिक वर्ष आयकर बुझाउने प्रमुख २४ कम्पनीमध्ये २२ वटा सेवा क्षेत्रका छन् । यसरी आयकर बुझाउनेमा उत्पादनमूलक उद्योग पछाडि परेको देखिन्छ ।

सूर्य नेपाल र गोर्खा ब्रुअरीमात्र प्रमुख २४ आयकरदाताभित्र परेका छन् । सूर्य नेपाल तीन अर्ब १८ करोड आयकर बुझाएर तेस्रो र गोर्खा ब्रुअरी एक अर्ब ५६ करोड बुझाएर चौथो नम्बरमा परेका छन् ।

एनसेलले २० अर्ब ८५ करोड आयकर बुझाउँदै पहिलो बनेको छ । सात अर्ब १६ करोड आयकर बुझाएर नेपाल टेलिकम दोस्रो बनेको छ । नेपाल टेलिकम र एनसेल लगातार प्रमुख दुई आयकरदातामा पर्दै आएका छन् । टाटा गाडी बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ कम्पनीले ७१ करोड आयकर बुझाएको छ । सिप्रदी समूहको हाइड्रोपावरमा पनि लगानी छ ।

आर्थिक वर्ष २०७१/०७२ मा प्रमुख २५ आयकर दाताभित्र परेका एसियन डिस्ट्रिलरी र युनिलिभर यसपटक सूचीबाट बाहिरिएका छन् । पछिल्ला वर्षहरुमा डाबर नेपाल प्रमुख २५ आयकरदातामा पर्न सकेको छैन । अघिल्ला वर्षमा प्रमुख आयरकरदाताका रूपमा रहेका यी कम्पनीलाई सेवा क्षेत्रले पछाडि पारेको छ ।

गत आर्थिक वर्ष आयकर बुझाउने प्रमुख २४ कम्पनीमध्ये २२ वटा सेवा क्षेत्रका छन् ।

उत्पादनमूलक उद्योगको तुलनामा सेवाप्रदायक कम्पनीको आम्दानी बढेपछि आयकर तिर्नेमा सेवा क्षेत्रको बर्चश्व देखिएको हो । प्रमुख २४ कम्पनीमध्ये १६ वटा ‘क’ वर्गका बैंक परेका छन् । बैंकमा बन्द, हडतालको खासै प्रभाव नपर्ने हुँदा भर्षभरि नै कारोबार हुन्छ । यही कारण भूकम्प र नाकाबन्दीले मुलुक आर्थिक संकटमा पर्दा पनि बैंकको आम्दानीमा खासै प्रभाव परेन ।

‘बैंकले उत्पादनमूलक उद्योगमा लगानी गरेको भए आम्दानीमा प्रभाव पर्न सक्थ्यो, तर उनीहरूको लगानी घरजग्गा, ट्रेडिङ र अन्य सेवामूलक क्षेत्रमा छ, त्यही भएर मुलुकमा अस्थिरता पैदा हुँदा पनि बैंकको आम्दानी प्रभावित भएको देखिएन’ पूर्वअर्थसचिव रामेश्वर खनालले अन्नपूर्णसँग भने ।

नेपाल आयल निगमले चमत्कारिक मुनाफा गरेपछि ठूलो आयकर दातामा सूचीकृत भएको छ । लगातार घाटामा रहेको आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण गरेपछि नाफा कमाउन थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ७१ करोड राजस्व बुझाएर प्रमुख २४ करदातामा आफूलाई कायम राखेको छ । हिमाल पावर कम्पनी पनि ठूलो आयकरदाता बन्न सफल भएको छ ।

मुलुकमा लगातारको बन्द हडताल र मजदुर समस्याका कारण उत्पादनमूलक उद्योग प्रभावित हुँदै आएका छन् । अहिले पनि मकवानपुरमा रहेको युनिलिभरमा मजदुरको हडताल जारी छ । उत्पादनमूलक उद्योग चलाउन ठूलो कठिन रहेको बताउँछन् पूर्वसचिव खनाल ।

‘केही वर्षअघि सरकारी संस्थानका उद्योग बढी आयकर बुझाउनेमा पर्थे, जनकपुर चुरोट कारखाना ठूलै ट्याक्स पेयर थियो’, खनालले भने, ‘तर, विगतदेखि नै उद्योगले त्यति धेरै आयकर बुझाउँदैनथे, पछि सूर्य नेपाल, युनिलिभर, डाबर नेपालजस्ता कम्पनी आएपछि उत्पादन क्षेत्रबाट बढी आयकर उठ्न थालेको हो ।’
अहिले पनि ठूला साना सबै उद्योगबाट उठेको आयकर जोडेमा उत्पादनमूलक क्षेत्र अगाडि नै पर्ने खनाल बताउँछन् । तर, उत्पादनशील उद्योग प्रमुख करदाताका रूपमा अगाडि आउने सम्भवना घट्दै गइरहेको उनको बुझाइ छ ।

लामो लोडसेडिङका कारण उद्योग पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यसमाथि दलहरूको बन्द, हडताल र मजदुर आन्दोलन अर्को समस्याका रूपमा रहेको छ । अहिले देशभरका उद्योग कुल उत्पादन क्षमताको ५० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन् ।

मदिरा र चुरोट उद्योगबाहेक अन्य उद्योग प्रमुख आयकरदाता हुने सम्भवना निकै कम रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् । मदिरा र चुरोट उत्पानमा केही कम्पनीको एकाधिकारजस्तै भएकाले उनीहरूको कारोबार ठूलो रहेको उनको भनाइ छ । अन्य उद्योगमा ठूलो प्रतिस्पर्धा भएको उनले बताए ।

केही वर्षपछि नेपालका सिमेन्ट उद्योग ठूला करदातामा पर्न सक्ने सम्भावना छ । सिमेन्टमा व्यावसायिक सम्भवना देखेर ठूलो स्वदेशी तथा विदेशी लगानी भइरहेको छ । अहिले पनि शिवम सिमेन्ट, जगदम्बा सिमेन्ट, अर्घाखाँची सिमेन्ट उद्योगबाट मोटो रकम आयकर उठ्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.