मोबाइलले बढायो इन्टरनेट प्रयोगकर्ता

मोबाइलले बढायो इन्टरनेट प्रयोगकर्ता

काठमाडौं: मोबाइलका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको देखिएको छ । मोबाइल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै जाँदा इन्टरनेट चलाउनेको संख्या पनि बढेर एक करोड ३९ लाख पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको वेबसाइटमा राखेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) प्रतिवेदनअनुसार गत वैशाख महिनासम्ममा विभिन्न माध्यमबाट इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ३९ लाख पुगेको देखिएको हो । प्राधिकरणले विभिन्न ६ वटा सेवाप्रदायकबाट दिइएको यस्तो सेवा नेपालीको जनसंख्याको अनुपातमा ५० प्रतिशतसम्म पुगेको जनाएको छ ।

प्राधिकरणले २०७३ वैशाखसम्मको तथ्यांक राखेर सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमका ७४ लाख २९ हजार इन्टरनेट प्रयोगकर्ता छन् । एनसेलका ५७ लाख ९० हजार, इन्टरनेट सेवा प्रदायक (आईएसपी) का एक लाख ५३ हजार, स्मार्ट टेलिकमका एक लाख र यूटीएलका ६३ हजार ग्राहक इन्टरनेट प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ ।

टेलिकमको बजार हिस्सा ५५ प्रतिशत

नेपालमा अहिले दूरसञ्चार सेवामा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रतिस्पर्धामा अहिलेसम्म नेपाल टेलिकम नै अग्रणी स्थानमा रहेको छ । इन्टरनेट सेवातर्फ टेलिकमको अहिलेको बजार हिस्सा ५४ दशमलब ८७ प्रतिशत रहेको छ भने एनसेलको ४२ दशमलब ४७ प्रतिशत छ ।

यसबाहेक आईएसपीको एक दशमलब १३, यूटीएलको शून्य दशमलब ४७ र स्मार्टको शून्य दशमलब ७६ प्रतिशत बजार हिस्सा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.