'नासो’का निर्माता डिबी थापा रहेनन्
काठमाडौं: नेपाली चलचित्र निर्माता डिबी थापाको निधन भएको छ ।
११ दिनदेखि काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत थापाको सोमबार बिहान निधन भएको हो। थापा निमोनिया रोगबाट पछिल्लो समय ग्रसित थिए।
ढाडमा सङ्क्रमणसमेत भएका ८३ वर्षीय थापालाई पाँच दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। थापाका ‘नासो’, ‘श्रीस्वस्थानी’, ‘माइली’ चर्चित फिल्म हुन्। स्वर्गीय थापाले ‘मायाप्रीति’, ‘जीवन–ज्योति’, ‘धर्ती–आकास’लगायत आधा दर्जनभन्दा बढी चलचित्रको निर्देशन समेत गरेका थिए।
चलचित्र विकास कम्पनी, बालाजुको पहिलो अध्यक्ष बनेका थापाले करिव आठ वर्षसम्म जिम्मेवारी सम्हालेका थिए।