कोलम्बिया शान्ति सम्झौताको राष्ट्रसंघद्वारा स्वागत

कोलम्बिया शान्ति सम्झौताको राष्ट्रसंघद्वारा स्वागत

न्युयोर्क: कोलम्बिया सरकार र त्यहाँको बिद्रोही समूहबीच भएको शान्ति सम्झौताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।

राष्ट्रसंघीय महासचिव बान कि मुनका तर्फबाट उनका प्रवक्ताले जारी गरेको सन्देशमा उनले कोलम्बियामा शान्ति स्थापनाका लागि भएको सो प्रयासको स्वागत गरेको उल्लेख गरिएको छ।

कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह र त्यहाँको सरकारबीच वार्ताका माध्यमबाट सबै समस्याको समाधान खोज्नेगरी सहमति भएको थियो।

कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल स्यान्टोस र त्यहाँको सो विद्रोही समूहका प्रमुख तिमोलिन जिमेनेजलाई उनले बधाई सन्देश पठाउँदै यस शान्ति सम्झौताका माध्यमबाट देशमा दिगो शान्ति स्थापनाका लागि सहयोग पुगोस भनी शुभकामना व्यक्त गरेका छन्।

कोलम्बिया सरकार र यहाँको एक विद्रोही समूहबीच क्युवाको हवानामा सन् २०१२ देखि नै शान्ति प्रक्रिया सुरु भएको थियो। करिब पाँच दशक लामो कोलम्बियाको सशस्त्र विद्रोहको अन्त्यका लागि भएको सो सम्झौताको सर्वत्र स्वागत भएको पनि त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ।

जनाइएअनुसार सो विद्रोहका कारण समस्यामा परेका सबै कोलम्बियाली नागरिकलाई पनि उनले बधाई ज्ञापन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.