मोबाइल बजारमा एन्ड्रोइड र आईओएसको कब्जा

मोबाइल बजारमा एन्ड्रोइड र आईओएसको कब्जा

काठमाडौंः  स्मार्ट फोनको बजारमा एन्ड्रोएड र आईओएसले प्रभुत्व जमाएका छन् । मोबाइल खरिद गर्दा हामी सेटको गुणस्तरसँगै अपरेटिङ सिस्टम पनि छनोट गर्छौ । बजारमा उपलब्ध थुप्रै यस्ता सिस्टमबीच लोकप्रिय बनेका छन् एन्ड्रोएड र आईओएस ।यसो हुनुको कारण प्रयोगमा सहजता र ब्रान्डिङ नै हो ।

सामासङ, हुवावे, जियोनीलगायत स्मार्टफोनमा प्रयोग हुने अपरेटिङ सिस्टम एन्ड्रोएड हो भने आईफोनमा प्रयोग हुने अपरेटिङ सिस्टम आईओएस । यी दुई अपरेटिङ सिस्टमले अहिले विश्व मोबाइल बजारको ९९ प्रतिशत हिस्सा ओगटेका छन् ।

नेपालमा एन्ड्रोएड र आईओएस अपरेटिङ सिस्टम भएका स्मार्टफोनले ९५ प्रतिशत बजार ओगटेको व्यवसायी बताउँछन् । मोबाइलको विश्व बजार एन्ड्रोएड र आईओएसको सेयर बजारलाई हेर्ने हो भने आईओएस एन्ड्रोएडको तुलनामा झिनो देखिए पनि अहिले यी दुईबीच नै प्रतिस्पर्धा छ ।

नेपालमा जेटीई ब्रान्डको स्मार्टफोन व्यापार गर्दै आएको इभोलुसन इन्टरनेसनल प्रालिका प्रबन्धक निर्देशक विशाल आचार्यका अनुसार अघिल्लो आर्थिक वर्ष नेपालमा १९ अर्ब बराबरको मोबाइल कारोबार भएको थियो । यो आर्थिक वर्ष २५ अर्बको हाराहारीमा पुग्न सक्नेछ । उनका अनुसार यसमा ९० प्रतिशत बजार सेयर एन्ड्रोएडको छ भने पाँच प्रतिशत आईओएसको छ ।

बाँकी अन्य अपरेटिङ सिस्टम जस्तै माइक्रोसफ्टको विन्डोज । नेपालमा कुल मोबाइल व्यापारको ५० प्रतिशत सामसङले ओगटेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित सामसुङले वार्षिक ८ देखि ९ अर्बसम्मको व्यापार गर्ने व्यवसायीले बताएका छन् ।

भने हुवावे, जियोनी जस्ता एन्ड्रोएडमा आधारित स्मार्टफोनले वार्षिक एक अर्बको कारोबार गर्छन् । इनफोकस मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता प्रिजम टेक्नोलोजी प्रालिका निर्देशक विकास शाहाका अनुसार नेपालको मोबाइल बजारमा ९४ प्रतिशत एन्ड्रोएडले ओगटेको छ भने एक प्रतिशत मात्र आईओएसले ओगटेको छ । बाँकी विन्डोज नै रहेको उनी बताउँछन् ।

स्मार्टफोनको बजारमा एन्ड्रोएड, आईओएसका साथै विन्डोज, ब्ल्याकबेरी, सिम्बिएन र अन्य विभिन्न अपरेटिङ सिस्टम छ । सन २००९ को डाटा अनुसार नोकियाले प्रयोग गरेको अपरेटिङ सिस्टम सिम्बिएनले ४५ प्रतिशत, ब्ल्याकबेरीले २० प्रतिशत, आईओएसले १५ प्रतिशत, विन्डोजले ६ प्रतिशत, एन्ड्रोएडले एक प्रतिशत र अन्य अपरेटिङ सिस्टमले पाँच प्रतिशत मार्केट सेयर ओगटेको थियो ।

सामासङ, हुवावे, जियोनीलगायत स्मार्टफोनमा प्रयोग हुने अपरेटिङ सिस्टम एन्ड्रोएड हो भने आईफोनमा प्रयोग हुने अपरेटिङ सिस्टम आईओएस ।

तर, यो सात वर्षको अन्तरालमा बजार सेयर उल्टिएको छ । स्टाटिस्टाले सन् २०१६ मा जारी गरेको प्रतिवेदनअनुसार अहिले एन्ड्रोएडले कुल स्मार्टफोन बजारको ८५.२ प्रतिशत मार्केट सेयर ओगटेको छ । १३.८ प्रतिशत आईओएसको छ । बाँकी एक प्रतिशत विन्डोज अपरेटिङ सिस्टमले ओगटेको उल्लेख छ ।

‘जेटीई’ ब्रान्डको स्मार्टफोन व्यापार गर्दै आएको इभोलुसन इन्टरनेसनल प्रालिका प्रबन्धक निर्देशक विशाल आचार्य पनि विश्व बजारमा देखिएको एन्ड्रोएडको प्रभुत्व नेपालमा पनि उस्तै रहेको बताउँछन् । उनका अनुसार नेपालमा एन्ड्रोएडले ९९ प्रतिशत सेयर बजार ओगटेको छ भने आईओएस र विन्डोजको एक प्रतिशत बजार छ ।

गुगलले निमार्ण गरेको एन्ड्रोएडले बजारमा आफ्नो प्रभुत्व जमाएका कारण ब्ल्याकबेरीले पनि सन् २०१५ बाट आफ्नो अपरेटिङ सिस्टम ब्ल्याकबेरी छोडेर एन्ड्रोएड अपरेटिङ सिस्टममार्फत स्मार्टफोन निमार्ण गर्न थालिसकेको छ । ब्ल्याकबेरीले सन् २०१५ अक्टोबरमा ‘ब्ल्याकबेरी प्राइभ’ स्मार्टफोनमार्फत एन्ड्रोएड अपरेटिङ सिस्टम आफ्नो मोबाइलमा प्रयोगमा ल्याएको छ ।

नोकियालाई किनेको विन्डोजले स्मार्टफोनको बजारमा पाएको असफताले गर्दा सन् २०१८ बाट पुन नोकिया एन्ड्रोएड अपरेटिङ सिस्टमका साथ बजारमा आउने भएको छ । छोटा अवधिमा यसरी एन्ड्रोएडले पाएको सफलता यसको सहजतालाई हेरिएको छ ।

इभोलुसन इन्टरनेसनल प्रालिका प्रबन्धक निर्देशक आचार्यका अनुसार एन्ड्रोएड प्रयोगमा सहजका साथै प्रविधिको आधारमा पनि उत्कृष्ट भएकाले एन्ड्रोएडले यो स्थान लिएको हो । तर, आईओएस नेपालमा महँगो भएकाले यसले राम्रो बजार सेयर ओगट्न सकेको छैन ।

यसरी एन्ड्रोएड र आईओएसले ओगटको मोबाइलको अप्रेटिङ सिस्टमलाई अर्को कुनै नयाँ अपरेटिङ सिस्टमले विस्थापित गर्न सक्ने सम्भावना एक प्रतिशत नरहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । एन्ड्रोएड जस्तो ठूलो बजार सेयर ओगटेको अपरेटिङ सिस्टम निर्माता गुगल आफैंले केही वर्ष भित्रनै स्मार्टफोन र ल्याप्टपका लागि नयाँ अपरेटिङ सिस्टम ल्याउने तयारी गरिरहेको छ ।

यतिबेला धेरैको चासोको विषय गुगलले ल्याउने तयारी गरेको नयाँ अपरेटिङ सिस्टमले एन्ड्रोएड र आईओएस अप्रेटिङ सिस्टमलाई पछ्याउन सक्छ या सक्दैन भन्ने नै हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.