यसरी पत्ता लगाउनुहोस् हराएको एन्ड्रोइड फोन

यसरी पत्ता लगाउनुहोस् हराएको एन्ड्रोइड फोन

मोबाइल फोन सधैं आफूसँग सुरक्षित रहन्छ भन्ने छैन । हामी कहिले एउटा कोठामा राखिएको फोन अर्को कोठामा गएर खोज्ने गर्छौं । त्यसमाथि फोन साइलेन्टमा छ भने त झनै तनाव । अफिस, कलेज जान हतार भएको छ तर फोन कुन कोठाको कुन कुनामा छ, केही अत्तोपत्तो हुँदैन । लौ भएन त बर्बाद !

यस्तो समयमा वैकल्पिक समाधान भनेको गुगल प्रयोग गर्नु हो । धेरैलाई थाहा नहुन सक्छ, गुगलको सहायले पनि एन्ड्रोइड फोन कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ । तर यसका लागि मोबाइलमा इन्टरनेट कनेक्सन मोबाइल डाटा वा वाइफाई हुन जरुरी छ । गुगल सर्च सामान्य रूपमा प्रयोग गरेकालाई यो विधि साह्रै सजिलो लाग्नेछ । आफ्नो मोबाइलमा जुन गुगल एकाउन्ट प्रयोग गरिएको छ, त्यही एकाउन्टमा आफ्नो कम्प्युटरबाट लगइन गरी गुगल डट कममा गएर 'ह्वेर इज माई फोन' सर्च गर्नुपर्छ ।

तस्बिरमा उल्लेख भएझैं त्यो गुगल एकाउन्ट जुन एन्ड्रोइड फोनमा प्रयोग गरिएको छ, उक्त फोन अन्तिमपटक कहाँ अनलाइन थियो भनेर देख्न सकिन्छ । छेउमा दुईवटा अप्सन्स देखिन्छन्, 'रिङ' र 'रिकभर' । फोन हराएको छैन तर आफ्नै कोठाको कुनै कुनामा छ भने पहिलो अप्सन 'रिङ'को प्रयोग गर्नुपर्छ । 'रिङ' मा थिचेर फोनलाई 'फुल भोल्युम'मा रिङ गराउन सकिन्छ । साइलेन्टमा भए पनि यो तरिकाले फोन कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ ।

फोन हराएको खण्डमा 'एन्ड्रोइड डिभाइस म्यानेजर'मा गएर आफ्नो फोन 'लक' पनि गर्न सकिन्छ । फोनको पासवर्ड फेरेर, लक स्क्रिनमा कुनै प्रकारको म्यासेज, उदाहरणका लागि 'यो फोन मेरो हो, कृपया यो नम्बरमा सम्पर्क गरिदिनुहोला' लेखेर फोन फिर्ता गरिदिन आग्रह गर्न सकिन्छ ।

चोरी भएपछि फोन फिर्ता आउने कुरै भएन । तर त्यस फोन मेमोरीमा भएका महत्त्वपूर्ण डेटा, एप्स, फोन नम्बर, फोटो, भिडियो हटाउन पनि सकिन्छ । यसरी डिभाइस रिमोट्ली वाइप गर्दा मेमोरी कार्डमा भएका डेटाचाहिँ हट्नेछैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.