काभ्रेमा कन्या पूजा

काभ्रेमा कन्या पूजा

बनेपाः रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुने विश्वासका साथ काभ्रेमा बिहीबार एक हजार कन्याको पुजा गरिएको छ ।

एक सय तेइस वर्ष अधिदेखि परम्परागत रूपमा श्रीकृष्णजन्माष्टमीको दिन मनाउँदै आएको कन्या पुजापर्वमा काभ्रेमा १० हजार कन्या पुजिएको हो । नेवारी समाजमा वेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतिक मानी कन्या पूजा गरिदै आएको हो ।

मुलुकमै एक मात्र कन्याहरु पुज्ने पर्वका रुपमा मनाइँदै आएको काभ्रेको बनेपा, नाला, साँगा, पनौती, धनेश्वरलगायतका आसपासका क्षेत्रमा १० हजारभन्दा बढी कन्या पुजियको सनातन कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले बताए ।

‘जिल्लाको बनेपामा मात्रै करिब आठ हजार कन्या पुजिए । नाला, साँगा,पनौतीको इन्द्रश्वर भालेश्वर मन्दिर ,जनगाल दाप्चा, धनेश्वरलगायतका आसपासका क्षेत्रहरुमा १० हजारभन्दा बढी कन्या पुजियको छ’, उनले भने ।

पर्वमा कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या, किचकन्या मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरीमाईको कुमारी मानी पूजा गरेमा मोक्ष प्राप्त हुने जनविश्वाससमेत रहदै आएको छ ।

प्राचीन कालका सनातनी मौलिक वाजा माकामाहाली, ढोलक, वौचा, धिम्वे, वासुरी, करात तथा आधुनिक वाजागाजासहित कन्याहरुलाई पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दक्षिणा र भोजन गराई पुजिने गरिन्छ ।

काभ्रेमा कन्याहरुलाई उच्च सम्मान स्वरुप पुजिने गरिन्छ । भोक भोकै बसेर कन्या पूजा गर्दा आजको दिनमा कन्याहरुलाई केही रोग नलाग्ने र आफूहरुले आटेको काम पूरा हुने विश्वासका साथ कन्या पूजा गरेको भक्तजनहरु बताउछँन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.