डेलले ल्यायो ‘इन्सपोरन’ सिरिजका ल्यापटप

डेलले ल्यायो ‘इन्सपोरन’ सिरिजका ल्यापटप

काठमाडौंः डेलले ‘इन्सपोरन’ सिरिजका दुई नयाँ ल्यापटप नेपाली बजारमा ल्याएको छ । डेलले आकर्षक डिजाइन र नयाँ प्रविधिका साथ इन्सपोरन १३५०००२ टु इन वान र इन्सपोरन १५५००० ल्यापटप बजारमा ल्याएको हो । विद्यार्थी, उद्यमी र किफायती मूल्यमा दैनिक कम्प्युटर प्रयोग गर्न चाहनेलाई लक्षित गरी यी ल्यापटप बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट कार्यक्षमताका साथ निर्माण गरिएको ल्यापटप प्रोसेसरको आधारमा विभिन्न रेन्जमा उपलब्ध हुने कम्पनीले जनाएको छ । विभिन्न सुविधा रहेको ल्यापटप सिक्न र ज्ञान हासिल गर्न उपयुक्त हुनेछ ।

कम्पनीका लागि रेस्ट अफ एसिया प्यासिफिकका कन्ट्री म्यानेजर अहद हकले कम्पनीले नेपाली बजारम भिœयाएको इन्सपोरन डिभाइसमार्फत ग्राहकले जहाँ मनलाग्यो त्यहाँ गएर काम गर्नुका साथै मन परेको गेम खेल्न सक्ने बताए ।

उनका अनुसार यस ल्यापटपले ग्राहकको सोचलाई वास्तविकतामा परिवर्तन गर्न मद्दत गर्नेछ । ‘ग्राहकले हामीलाई पे्ररित गर्दै गए र हामीले समय सापेक्ष प्रविधिका साथ नवीनतम उत्पादन ग्राहकमाझ ल्याइरहेका छौं,’ उनले थपे । इन्सपोरन १३५०००२ टु इन वान आकर्षक डिजाइनको पातलो ल्यापटप हो ।

डेलले आकर्षक डिजाइन र नयाँ प्रविधिका साथ इन्सपोरन १३५०००२ टु इन वान र इन्सपोरन १५५००० ल्यापटप बजारमा ल्याएको हो । विद्यार्थी, उद्यमी र किफायती मूल्यमा कम्प्युटर प्रयोग गर्न चाहनेलाई लक्षित गरी यी ल्यापटप बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

विभिन्न सुविधा उपलब्ध रहेको यो ल्यापटपमा प्रयोगका लागि सहज र बोकेर हिँड्न पनि हलुंगो छ । ल्यापटपमा रहेको इन्फ्रारेड क्यामरा अप्सनले विन्डोज हेलो फेसियल पहिचानसँग काम गर्न भएकाले एक हेराइमा नै ल्यापटप खोल्न सकिन्छ ।

यसमा रहेको ब्याकलिट किबोर्ड अप्सनले अँध्यारो समयमा पनि काम गर्न सहज हुने कम्पनीले जनाएको छ । ल्यापटपमा प्रयोग गरिएको सोलिड स्टेट ड्राइभ (एसडीडी) प्रणालीले ल्यापटपलाई लामो समयसम्म टिक्न मद्दत गर्नुका साथै कुनै पनि कामको छिटो प्रतिक्रिया दिन्छ ।

१३ इन्चको फुल एचडी डिसप्ले रहेको यस ल्यापटपमा एलईडी ब्याकलिट टच स्क्रिन रहेको छ । १६ जीबी डीडीआर ४ मेमोरी रहेको यो ल्यापटप एकै पटकमा विभिन्न काम गर्नेका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

इन्सपोरन १५५००० ल्यापटप विभिन्न कलरमा आकर्षक डिजाइनका साथ बजारमा आएको छ । १५ इन्चको यो ल्यापटप नयाँ प्रोसेसरका साथ आएको छ, जसले कुनै पनि काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

यो ल्यापटप पारिवारिक प्रयोजनका साथै व्यक्तिगत प्रयोजनका लागि पनि उपयुक्त हुनेछ । कम्पनीका अनुसार यो ल्यापटपमा इन्फ्रारेड क्यामराका साथै फुल एचडी टच डिस्प्ले प्रयोग गरिएको छ ।

सुरक्षाका लागि ल्यापटपमा विन्डोज हेलो फेसियल अप्सनको प्रयोग गरिएको छ, जसको सहयोगले क्यामरामा हेरेर ल्यापटप खोल्न सकिन्छ । उत्कृष्ट पिक्चर क्वालिटीका साथ यसमा उत्कृष्ट साउन्ड सिस्टम छ । यो ल्यापटप बजारमा ग्रे, सेतो र कालो रङका साथ विभिन्न प्रोसेसरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.