'भारतमा पत्रकारहरुको ज्यान खतरामा'

'भारतमा पत्रकारहरुको ज्यान खतरामा'

नयाँ दिल्लीः भारतमा भ्रष्टचारसम्बन्धी विषयमा समाचार लेख्ने पत्रकारको ज्यान सबैभन्दा जोखिममा पर्न सक्ने प्रतिवेदन सार्वजनिक भएको छ।

पत्रकारको सुरक्षाका विषयमा जानकारी र चासो राख्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था सीपीजेले सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टारसम्बन्धी विषमया समाचार लेख्ने पत्रकारहरुको ज्यान खतरामा पर्न सक्ने उल्लेख गरिएको छ।

कमिटी टू प्रोटेक्स जर्नलिस्ट्ससम्बन्धी ४२ पेज लामो विशेष रिपोर्टमा भनिएको छ,‘भारतमा समाचार संकलनमा हिड्ने पत्रकारहरु पूर्णरुपमा अझै पनि सुरक्षित नभएको र राज्यले सुरक्षा दिन नसकेको पाइएको छ।’

‘११९२ पछि भारतमा २७ वटा पत्रकारको सुरक्षासम्बन्धी घटनाका उजुरी दर्ता भएका छन्। जसमा पत्रकारहरुको उनीहरुको कामको सिलसिलामा हत्या गरिएको छ। तर, अहिलेसम्म घटनामा संलग्न भएका कसैलाई पनि सजाय दिइएको छैन।’

रिपोर्टका अनुसार २७ वटा उजुरीमध्ये ५० प्रतिशत भन्दा बढी पत्रकार भ्रष्टाचार सम्बन्धी विषयमा समाचार लेख्ने परेका छन्। सन् २०११ देखि २०१५ को बीचमा तीन भारतीय पत्रकार जोगेन्द्र सिंह, अक्षय सिंह र उमेश राजपुतको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.