निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा

 निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा

चितवनः चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ ।

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि ती संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र नेपाली सेनाको मुख्यालयको प्राविधिक सहयोगमा सिसी क्यामेरा जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए। उनका अनुसार सिसी क्यामेराले ती क्षेत्रमा मानिस र वन्यजन्तुको आवागमन अनुगमन गर्न सहज हुने भएको छ ।

निकुञ्ज प्रशासनले कुन कुन ठाउँमा सिसी क्यामेरा रहेको सार्वजनिक भने गरेको छैन । सोलारमार्फत सिसी क्यामेरा चार्ज हुने गरी जडान गरिएको कँडेलले बताए ।

यसको अनुगमन निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको मनिटरबाट गरिने उनले बताए । निकुञ्जले सिसी क्यामेरा राखेका क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने र चोरीसिकारीको बढी नजर पर्ने स्थानहरु हुन् ।

यसअघि टिकौलीमा १० वटा सिसी क्यामेरा जडान गरेपछि वन्यजन्तुलाई ठक्कर दिने गाडीको पहिचान र शौच कार्यमा कमी आएको छ । वन क्षेत्रमा फोहर फाल्नेहरु पनि निरुत्साहित भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.