डिलिट भएका फोटा कसरी निकाल्ने ?

डिलिट भएका फोटा कसरी निकाल्ने ?

हालै मेरो एउटा साथीको एन्ड्रोइड फोनबाट केही फोटोहरू गल्तीले डिलिट भएछन् । अनि ती फोटो पुनः प्राप्त गर्ने कुनै तरिका छ कि भनेर उसले मलाई मेल गरेका थिए ।

यसको लागि उपायहरू धेरै छन् । तर कुनै उपायले काम गर्छन् त कुनैले समय मात्र खेर फाल्छन् । यस्तो समस्या जसलाई पनि पर्न सक्छ । कुनै समय फोटोहरू डिलिट गरिसकेपछि बेकारमा डिलिट गरेछु जस्तो पनि लाग्न सक्छ । कारण जेसुकै होस्, समाधान भनेको ती डिलिट भएका फोटोहरू फिर्ता ल्याउनु नै हो ।

एन्ड्रोइड फोनबाट फोटो रिकभर गरिदिने दाबी गर्ने अनुप्रयोगहरू र सफ्टवेयर सयौं छन् । तीमध्ये कुनै सफ्टवेयरले केही सीमित संख्यामा मात्र हटेका फोटो रिकभर गर्न सहयोग गर्छन् भने कुनैले सबै हटेका फोटोहरूको लिस्ट आएपछि तिनलाई रिकभर गर्न 'प्रिमियम लाइसेन्स' किन्न लगाउँछन् । यसै यता र उता गर्दा गर्दै समयमात्रै खेर जान्छ ।

कुनै पनि प्रकारको झन्झट नगरी, निःशुल्क रूपमा आफ्नो एन्ड्रोइड फोनबाट हटेका फोटोहरू रिकभर गर्ने तरिका भनेको 'डिगडिप इमेज रिकभरि' एप्स प्रयोग गर्नु हो ।

'डिगडिप इमेज रिकभरि' एक फ्री एप्स हो, जुन 'गुगल प्ले स्टोर' बाट निःशुल्क रूपमा डाउनलोड गर्न सकिन्छ । यस एप्सले कुनै पनि एन्ड्रोइड फोनमा डिलिट भएका फोटो, फोनको इन्टर्नल मेमोरी र एसडी कार्डभित्र खोज गर्छ, र तिनलाई रिकभर गर्न सहयोग गर्छ ।

यस एप्सको प्रयोग साह्रै सजिलो छ । गुगल प्ले स्टोरमा गएर 'डिगडिप इमेज रिकभरि' लेखेर सर्च गरी डाउनलोड गरेर इन्स्टल गर्न सकिन्छ । यो एप्स खोल्नेबित्तिकै सबैभन्दा पहिले रिकभर गर्न सकिने फोटोहरू को खोज गर्न थाल्छ । जति धेरै फोटो, उति नै धेरै समय । सर्च समाप्त भएपछि, केही फोल्डरहरू प्रस्तुत हुन्छन्, जहाँ भित्र रिकभर गरिन सकिने फोटो समावेश गरिएको हुन्छ ।

तिनै फोल्डरहरूभित्र गएर आफूलाई चाहिने फोटोहरूको खोजी गरी रिकभर गर्न मन लागेका फोटोहरूलाई 'चेक' अप्सन लगाएर अन्ततः 'रिस्टोर' गर्न सकिन्छ । यसरी, आफ्नो एन्ड्रोइड फोनबाट डिलिट भएका फोटो सजिलै पुनः प्राप्त गर्न सकिन्छ । यस एन्ड्रोइड एप्सको प्रयोग सामान्य मोबाइलकर्तालाई समेत मध्यनजर गरेर बनाइएको हुन्छ ।

ट्वीटर @RlamsalNP


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.