कोमल वलीको गीतमा नारायणकाजी नाचे
क्वालालम्पुरः मञ्चमा पुगेकी गायिका कोमल वलीले जब नाच्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाइ बोलाइन तव दर्शक दीर्घामा रहेकाले गडगडाहट ताली बजाए । मञ्चमा पुगेका नेता श्रेष्ठ अन्य सहभागीसँगै कोमल वलीका गीतमा नाच्न थाले ।
मलेसियाको क्वालालम्पुरमा शनिवार बेलुका प्रवासी सितोरीयो कराते महासंघले आयोजना गरेको तीज विशेष कार्यक्रममा गायिका वलीले नारायणकाजी सहितका नेपालीलाइ स्टेजमै बोलाएर नचाएकी हुन् ।
गायिका वलीले दर्जन भन्दाबढी गीत गाउदा फ्लोरमा मात्र नभइ स्टेजमै पुगेर सहभागीहरु नाचेका थिए । वलीले ‘पोइला जान पाउ’, ‘लास्टै चोटीहो’, ‘हरे राम’ लगायतका तीज गीत तथा स्टेज तताउने गीत पनि गाएकी थिइन् ।
मलेसियाको राजधानी क्वालालम्पुर र आसपासमा व्यावासाय गर्दे आएका नेपाली व्यावासायी, नेपाली मुलका मलेसियनहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा गायक प्रल्लाद तिम्सीना पनि गीत गाएका थिए । कार्यक्रममा प्रवासी कलाकारले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।