‘फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रै लागि परेका छन्’

‘फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रै लागि परेका छन्’

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल एमालेका शालिन ब्यक्तित्वका रुपमा परिचत छन्। सो पार्टीको दशौ महाधिबेशनले पार्टी भित्रको राजनीतिमा प्रभाव पार्ने थालेको छ। पार्टीमा अध्यक्ष केपी ओली पक्षले एकलौटी पार्टी चलाएको भनी उनी बेला बेला आक्रोशित समेत हुने गरेका छन्। तर, पछिल्लो अवस्थामा नेपाल सन्तुलित रुपमा पेश हुन थालेका छन्। देशको समसायिका राजनीति, बिदेश नीति , एमाले भित्रको बिवाद लगायतका बिषयमा अन्नपूर्णकर्मी चिरन्जीवी ढुंगानाबालकुमार नेपालले उनीसँग गरेको कुराकानी:

- एमालेले सरकार छाडेपछिको देशको समीकरण कस्तो महसुस गर्नु भएको छ?

एमाले सरकारबाट हटिसकेपछि पनि देशको राजनीतिक माहोल सङ्लो भएको छैन। अन्यौलता झन बढ्दो छ। यो अन्यौलतालाई चिर्दै राष्ट्रिय सहमति कायम गरी बिगतका राम्रा कामलाई अगाडि बढाएर संविधान कार्यन्वयनको  दिशामा अगाडि बढ्न आवश्यक छ। यो काममा सरकार कतिको लागेको छ मैले बुझन पाएको छैन।

-यो संङलो नहुनु काराण चाहिँ के होला ?

एमाले समेत संलग्न भएको माओवादी गठबन्धन नै कायम हुनुपर्थ्यो। यो गठबन्धन टुट्ने कुराले नै सबै समस्या खडा भएका हुन्। यो किन टुटयो कसरी भयो त्यो समिक्षाको विषय अर्को पाटो हो। तर यो कायम रहनुपथ्यो। आगामी चुनावसम्म त्यो गठबन्धनले मुलुकको नेतृत्व गर्नुपथ्र्यो। एमाले र माओवादीबीच कता कताबाट अविश्वास र दूरी बढेका कारण यस्तो अबाञ्छित काम भयो।

- पार्टीका शीर्ष नेताहरु बसेर गरेको भद्र सहमति एमालेले नमानेर गठबन्धन भत्किएको भन्ने आरोप छ नि?

कसरी टुट्यो भन्नेमा ब्यक्ति पिच्छेका ब्याख्या र तर्क छन्। तर म त्यस दिशमा अहिले प्रवेश गर्न चाहन्नँ। तर जे भए पपिन त्यो गठबन्धन टुट्नु हुँदैनथ्यो। त्यो कायम रहनुपथ्यो। त्यसभित्रै कांग्रेस र मधेशी मोर्चालाई पनि सामेल गर्नुपथ्र्यो। त्यो नभएकोले समस्या खडा भएको हो।

-तपाईहरु र माओवादीबीच भद्र सहमति भएको हो कि होइन अव त भन्न मिल्ला नि ?

यसबारेमा म अहिले केही भन्न चाहन्नँ। म बोल्दीन । किन कि यो कुरा जसले उठाउनु पर्ने हो उसैले उठाउनु पर्छ। यो करा मैलै उठाउने होइन। ज जसको सरोकार छ उसैले उठाएर प्रश्न खडा गरेमा मात्र बोल्नुको अर्थ लाग्छ। यसमा अनावश्यक रुमा कुरा उठाउने पक्षमा म छैन।

- अहिले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्न माग उठेको छ? कुटनीतिक हिसावमा यो गर्न मिल्छ?

राष्ट्रघाती पत्र लेखेको छ भने त्यो गंभीर कुरा हो। कुनै गल्ति नै छैन, देशको हीतमा लेखेको भए त देखाउनु परयो नि। बाहिर देखउन नसक्ने हो भने पनि प्रतिपक्षलाई त देखाउनु परयो नि । प्रतिपक्षलाई बिश्वासमा लिनु परयो। देखाउनु परयो। हिजो कसैले पनि त्यसो गरेको छ भने माग भइहाल्छ।

हिजो कुसैले पनि देशको अहितमा त्यस्तो पत्र लेखेका छैनन्। त्यही भएर नै जोडदार रुमा आवज उठाईरहेका छन्। आफुले गरेको काम आफै सस्पेन्डमा राखेको छ। नेपालको हितमा कुठाराघात गर्ने गरी बिदेशीकोमा धाउनु हुन्छ भने र नेपालको आन्तरिक मामलामा हस्तक्षेप हुने गरी उनीहरुलाई उत्पेरित गर्नुहुन्छ भने त्यसलाई उचित मान्न सकिदैन।

-त्यसो भए संविधान शंसोधनक लागि भारतका प्रधानमन्त्रीलाई लेखिएको पत्र राष्ट्रघाती हो?

त्यो गलत कुरा हो। त्यो बेठिक हो। नेपालमा संविधान शंसोधन गर्ने कि नगर्ने , शंसोधन गर्दा के गर्ने भनेर लेख्ने काम देशभक्त सरकारले गदैन।

-त्यसो भए शंका कै भरमा त्यो पत्र देशको अहितमा छ भनेर आवाज उठाउनु भएको हो ?

प्रश्न उठीसकेपछि जवाफ त चाहियो नि । पत्र लेखेको छैन भने ठिकै छ। लेखेको छ भने यस्तो छ भनेर देखाए भई गो नि । अरु सामु गिर्ने र समपर्ण गर्ने काम गरकेो छ कि छैन त्यो त स्पष्ट हुनुपरयो नि । नेपालको स्वतन्त्रा, सार्बभौम सत्ता र स्वाभिमानलाई जोगाउने काम गर्नु भएको छ कि छैन? प्रश्न त्यो हो। नेपालका आन्तरिक मामलालाई लिएरु बाहिर गिडगिडाउदै हिडने कुरालाई हामी उचित मान्दैनौ।

-ओली नेतृत्वको सरकारले भारतका राजदूत दीपकुमार उपाध्ययालाई फिर्ता बोलयो, तर यो सरकारले फेरी उहाँलाई नै राजदूत बनायो यो कति उचित काम हो?

यस्ता कुरामा धेरै बोल्नु ठीक हुदैन। त्यो बेलाको सरकारको हितमा त्यो बेलाको राजदूतले काम गर्नुपर्ने हो। त्यो किन हुन सकेन। भयो भएन त्यो पनि बिवादास्पद छ। नयाँ सरकारले आफनो अनुकुलको राजदूत राख्न सक्छ। प्रधानमन्त्रीले राजदूत नियक्ति , राजनीतिक नियुक्तीलाई परिवर्तन गर्ने कुरलाई अस्वभाविक रुपमा लिनु हुदैन। तर यस्ता बिषयमा पर सम्मको कुरा सोचेर चल्दा राम्रो हुन्छ।

- यसै सन्दर्भमा कुरा गर्दा प्रचण्ड नेतृत्वमा सरकार बन्ने बित्तिकै भारत र चीनमा बिशेष दूत पठाउनु चाहि कति औचित्यपूर्ण थियो ?

सम्बन्ध नै बिग्रेको स्थिति थियो कि थिएन? यदि सम्ब्न्ध बिग्रेको स्थिति थियो भने त सुधारका लागि जानु पर्ने परिस्थित र्नै हुन्छ। एक तिर पठाउदा अर्को तिर सन्तुल पनि गर्नुपर्ने हुन्छ। नेपालको यो आफनो किसिमको अवस्था पनि छ। तर त्यसको उद्धेष्य के थियो त? नया सरकार यसरी अगाडि बढन चाहेको हो भनेर प्रस्ट पार्ने मात्र चाहेको हो कि ?

प्रधानमन्त्री र राष्ट्रपतिको भ्मणलाई सुनिश्चितता गराउन मात्र खोजेको र अन्य कुरा लुकेको छैन भने यो त्यति ठुलो कुरा होइन। देशको हितमा कुठराघात गर्ने कुरा र सोच हरु आएका हुन र हरुलाई खुशी मात्रै पार्न खोजिएको हो भने त्यसलाई राम्रो मान्न सकिर्दैन।

- २०५१ सालमा एमाले नेतृत्वको सरकारले भारतसग पहिलो पल्ट १९५० को सन्धी पुनरावलोकन को कुरा उठाएको थियो । तर त्यो पछिका सरकारले त्यसलाई निरन्त्रता दिएको देखिएन नी ?

त्यो बेला हामीले नेपालको दृष्टिकोण तयार गरेर त्यो अनुसार भारत लगायत संसारका अरु मुलुकसग डिल गरेका हौ। एमालेको त्यो दृष्टिकोण राष्ट्रिय हित अनुकुल नै थियो। आम राष्ट्रिय भावनालाई त्यसले प्रतिबिम्बित गथ्र्यो। सो अनुसार नै एमाले निरन्तर अगाडि बण्दै गएको हो। यसैकारण पनि एमाले माथि जनताले आस्था र बिश्वास प्रकट गर्ने गरेका छन।

असमान सन्धीहरु पुनरावलोकन गर्नुपर्छ भन्ने आवन उठदै आयो र त्यसको शुरुवात १९५०को सन्धीबाट शुरु गरियो। यो क्रम अगाडि बण्दा पछि यसको अध्ययन गर्न कार्यदल समेत गठन भयो। यी राम्रा कुरालाई यो सरकारले पनि अगाडि बढाउने काम गरोस ।

- तपाई प्रधानममन्त्री भएपछि तपाईले फाष्ट ट्रयाक हामी आफैल बनाउछौ भन्नुभयो, ओली सरकारले पनि त्यहि भन्यो, तर अहिलेका सरकारका उप्रधानमनत्री बिमलेन्द्र निधिले त्यो हामी बनाउदैनौ भारतले बनाउछ भन्न्भयो यसबारेमा तपाईको के प्रतिक्रिया छ ?

फाष्टट्रयक बनाउने निर्णय, शिलान्यास गर्ने काम म आफ्र प्रधानमनत्री भएको बेला गरेको हुँ। त्यहि बेला यसको अन्तराष्ट्रिय टेण्डर दिएर यसको डिपि आर तयार गर्ने काम थालियो। तर सरकार परिवर्तन भएपछि यो काम अगाडि बढन सकेन। शुशिल कोइरालको नेतृत्वको सरकारले पछि जुन शर्तमा जुन कम्पनीलाई दिन खोजियो त्यो पुरै दशेको अहितमा थियो।

त्यसमा देशलाई नै ध्वास्त पार्ने अकुत भ्रष्टचारका योजना थिए। शूरु देखी नै मैले त्यसको घोर विरोध गरे। हाम्रो पार्टीले पनि पछि त्यसको बिरोध गरयो। पछि केपी ओली नेतृत्वको सरकारले केही ढिला गरेर भएपनि सरकारले नै त्यो बनाउने राम्रो निर्णय गरयो।

अहिले प्रधानमन्त्रीले पनि फास्टट्रयाक नेपाल सरकारले नै बनाउँछ भन्ने कुराले अलिकति आशा जगाएको छ। तर नेपाली कांग्रेसभित्र देशभक्तिको भावना छँदैछैन।

यो भित्र भ्रष्टचार बाहेक अरु केही छैन। भ्रष्टाचारमा लिप्त भएर देश डुबाउनका लागि कांग्रेस भित्रका केही मानिस लागीरहेको देखिन्छ। असी-पचासी अर्बमा बनाउने योजनलाई एक खर्ब १२ अर्ब पुर्‍याएर दिन खोजियो।त्यसको शर्त अनुसार त्यो ट्रयाकमा दश बाह्रबजार बाहन नै चल्दैना। दश हजारको संख्यामा बाहन नचले त्यसको क्षेतिपर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ त्यो गलत छ।

यति मात्र होइन त्यो बनाउदै नबनाउने र नेपालाई यस्तै ढंगले पिछडिएको अवस्थामा राख्ने अंग पनि हो । नेपालको बिकास नहोस भन्ने देश द्रोहीको पङित नेपालमा छ। त्यो राजनीतिमा र कर्मचारी तन्त्र दुबैमा छ। यसले नेपाललाई फाईदा हुने कुनै पनि काम गर्न दिदैन। त्यसले हवाई जाहाज किन्न, बाटो बनाउन, रेल्वे बनाउन केही पनि दिदैन। कुनै पनि काम गुणस्तरको र समायमा हुन दिर्दैन। यसैकारण कुनै पनि काम नेपालले गतिलो गरी गर्न सकेको छैन।

दशवटा ठुला शहर बनाउने भनियो तर एउटा पनि बनेन। एउटामा त काम शुरु भएपनि हुन्थ्यो नि त्यो पनि छैन। त्यसैले हाम्रो काम गराईमा सम्पूर्ण रुपमा समीक्षा गर्न जरुरी छ। । म अहिलेका प्रधानमनत्रीलाई भन्न चाहन्छु तपाई देश भक्तिाको भावना लिएर अगाडि बढनुस देशको हितमा काम गर्नेहरुलाई अगाडि बढाउनुस, दशेको अहितमा काम गर्ने र देशको हितमा आघात गर्ने तत्व माथि निगारनी बढाउनुस र तीनीहरुलाई दण्डित गर्ने काम गर्नुस ।

- निधिले भने अनुसार नै काम भयो भने त्यो बेला तपाईहरुको अडान के हुन्छ?

निधिले के भन्नु हुन्छ त्यो ठुलो कुरा भएन। प्रधानमन्त्रीले भनेको कुरालाई हामीले पत्याउने हो। प्रधानमन्त्री बचनको पक्का हो भने उहाँले यसमा आफनो बचनको पालना गर्नुपर्छ।

-अलिकति सन्दर्भ बदलौ, प्रधानमन्त्रीले भारत भ्मण अघि संविधान शंसोधन संसदमा ल्याउने कुरा गर्नुभएको छ, तपाईहरु त्यसलाई् समर्थन गर्नुहुन्छ कि हुन्न?

के मा शंसोधन किन हो अहिले नबुझि यसै भन्न सकिदैन।

-मधेशवादीदलहरु सिमांकनको बिषयलाई लिएर एमाले प्रति आक्रमक भएका छ किन होला?

पहडे बिरोधी भावनका कारण यसो भएको होला। नेपालमा पहाडे बिरोधी र मधेशी विरोधी भावना राखेर कोहीपपिन चल्नु हुदैन। जनजाती पक्ष र जनजाती बिरोधी भावना बाट पपिन कोही चल्नु हुदैन। यदि त्यसो भएमा नेपालको आन्त्रिक एकता धेरै कम्जोर हुन्छ। नेपाल राष्ट्र नै कम्जोर भएर जान्छ। यत्रो धेरै जात जातिी भएको देशमा जति यस्तो कुरा उराल्यो उति नै बादविवा बढेर जान्छ। सबैलाई थाह छ यहि जातीय भावनालाई भडकाएर रुवण्डामा दश लाखको हत्या भयो।

तपाईको चीन भ्रमण कसतो रह्यो ?

मेरो समाजिक र जनस्तरको सम्बन्धको भ्मण थियो । त्यसमा वान बेल्ट वान रोडको इनिसेटिभ भएको प्लटफर्मको कार्यक्रम थियो। नेपाल चाईन फ्रेण्ण्डसिप फेष्टिभलमा सहभागिता सम्बन्धि अर्को कार्यक्रम थियो। अर्को ताईक्वन्दो खेलसग सम्बन्धित कार्यक्रममा सहभागि भएँ। चीनक धेरै पर्यटकीय गन्त्व्यहरुको भ्रमण गर्ने अवसर पनि प्राप्त भयो।

त्यस मध्य मन्जु श्रीको मन्दिर ओताई माउन्टेन पनि भनिन्छ त्यहाँ पनि अवलोकन गर्ने अवसर प्राप्त भयो। यसबाट नेपाल चीन जनस्तरमा सम्ब्वन्ध बिस्तार भएको छ।

-तपाई त चीनको सरकारी निम्तोलाई छोडेर अरुकै निमन्त्रणमा जानु भएको भन्ने टिप्पणी सुनियो नि ?

चीनले मलाई कुनै सरकारी निमनत्रण पठाएको थाहा छैन। मेरो पत्र कसैले बिचैमा गायव गरेको भए थाहा भएन। मसग कुनै निन्त्रण आईपुगेको छैन।

-अलिकति फेरी सन्दर्भ बदलौ, २०७४ माघ सम्मामा तीनै तहको निर्वाचन संभव छ?

निर्वाचन नगरी उपाय नै छैन। त्यसैले पनि सहमतिको आवश्यकता छ भनेको हुँ। यसको निम्ति कहा कहा के मिलाउनु पर्छ त्यो गर्न जरुरी छ। अहिले गाँउपालकिाका नाममा जुन तरिकाले संख्या घटाउन खोजिएको छ त्यो गलत हो। पहिला संविधान बनाउदा हामीले जिल्लालाई बालियो बनाउनु पर्छ भनेको हो। तर कतिपय पार्टीमा रहेको अस्पष्टताले गडबडी भएको छ। तर तीनलाई मिलाउन आवश्यक परेर संविधानमा नै शंसोधन पनि गर्न आवश्यक हुन्छ।

- यो समयसिमा भित्र निर्वाचन भएन भने के हुन्छ?

समय थोरै बाँकी छ। समयमा नै निर्वाचन गर्न केही न केही उपाय निकाल्नु पर्छ। संकट पनि हामीले नै नम्त्याउने हो समाधान पनि हामलिे नै गर्नै हो।

-अव अलिकति एमाले भित्रको कुरा गरौ, अध्यक्ष ओलीले सरकार बनाउदा देखी सरकार बिघटन भए सम्म निकै नै निरंकुशता चलाउनु भयो भन्ने आरोप तपाईहरुले नै लगाउनु भएको थियो, अहिले के छ?

अव कुनै बेला यसरी चलाउनु भयो पनि भनियो। त्यो कुरालाई प्रत्येक चोटी दोहोरायाई राख्न आवश्यक छैन। कहिले काहि एकै चोटी भनेपछि पनि पुग्छ। ती केवल घाउ चर्किएको बेला एैआ मात्र भनिएको हो। देशमा एमालेको आवश्यकता छ। देशलाई सबैभन्दा बढि माया गर्नेपार्टी एमाले हो। देश हाक्न सक्ने खुवी र क्षेमता भएको नेताहरु पनि एमालेमा नै छन।

यस्तो अवस्थामा एमाले एकताबद्ध हुनै पर्छ। सिगो देशको अभिभार पुरा गर्ने पार्टी भित्र गुट फुटका कुरा हुनुहुदैन। एमालेलाई बिधि सम्मत तरिकाले अगाडि बढाउनुपर्छ। पार्टी लाई योग्यता क्षेमता र विधिका आधारमा संचालन गर्नुपर्छ। अध्याँरो कुनमा बसेर अपरादर्शी तरिकाले कुनै पनि काम गर्नुहुदेन।

- सरकारबाट हटेपछि चाहि संस्थागत निर्णय हुन थालेको हो एमालेमा ?

सबै समयमा संस्थागत रुपले चल्नु पर्छ। जहाँ जहाँ भएको छैन त्यहाँ त्यँहा पनि सोही अनुासार चल्नुपर्छ।

- संसदीय दलको नेता परिवर्तन गरेर बामदेव गौतमलाई बनाउनु पर्छ भन्ने कुरा आएको छ रे नि ?

त्यो मैले सुनेको छैन।

-पार्टीको महाधिबशेन भएको पनि निकै भयो? दशौ महाधिवेशनका लागि नेताहरुको दौडधुप भए जस्तो देखिन्छ? तपाईले १५ बर्ष पार्टीको प्रमुख भएर नेतृत्व गरिसक्नु भएको छ, फेरी रहर देखाउनु उचित होइन भन्ने पनि टिप्प्पणी सुनिन्छ नि ?

धेरै कालमा धेरै मानिस पार्टी प्रमुख भए। हामी प्रमुख नेताहरु नै त्यसका नेता थियौ। एक जना मात्र होइन एमालेमा नेतृत्व पङितमा देखा परेका सबै नेता हुन। सबैले मिले नै पार्टी चलाएको हो। प्रमुख उप्रमुख को भन्दा पनि क कसको हतमा हालीमुहाली थियो त्यो सर्बैलाई थाहा छ। तर बिविध र बिधानले के भन्छ भन्ने कुरामा हामी जानु पर्छ। पार्टीमा कसेको आवश्यकता छ? कसलाई कार्यकर्ताले रोजेका छन? त्यसको आधारमा जानुपर्छ।

यदि मेरो आवश्यकता छ, कार्यकर्ताले खोजेका छन सबैले माग गरेको छ भने अगाडि बढुनपर्छ । मेरो आवश्यकता छैन , सबैले मलाई खोजेका छैनन भने त्यसमा मैले टाउको दुखाएर बस्नु हुदैन।

- कसलाई खोजेको , कस्को आवश्यकता भन्नेको छिनोफानोको बिधि पनि त निर्वाचन नै होला नि ?

त्यो त निर्वाचन नै हो।

-बिभिन्न भद्र सहमतिा प्रधानमन्त्री परिवर्तको फेसन जस्तै भएको छ, अवको प्रधानमन्त्री शेरबहादर देउवा कि माधव नेपाल ?

माधवकुमार नेपाल प्रधानमन्त्रीका लागि अहिले ईच्छुक मानिस नै होइन। कसरी यो मुलुकको आथिृक बिकासलाई तीब्र बनाउने, कसरी मुलुकको सुसानलाई सुनिनिश्चत बनाउने? भन्नेमा मेरो बढता चासो छ। पार्टी कसरी बलियो हुनु सक्छ, सिस्टममा पार्टी कसरी जानसक्छ भन्नेमा मात्र मेरो ध्यान केन्द्रीत छ। मेरो त्यो छ छ महिने नौ महिने प्रधानमन्त्रीको कुर्सीमा छैन।

-कहिले काहि आवश्यकताले पनि त पछ्याउछ नि ?

अहिले हाम्रो पार्टीको संख्या कम छ । माओवादीसग हाम्रो सहमति भयो भने बेग्लै वातावरण बन्ला । कांग्रेस सग सहमति भए बेग्लै वातवरण बन्ला। त्यो आफनो ठाँउमा छ। तर जे सुकै भए पनि प्रधानमन्त्रीको कुर्सीका मारामार गर्नुभन्दा दशेको बिकास र हितको सावलमा । संविधान लागु गर्ने सवालमा , देशलाई संकटबाट जोगाउने सबालमा हामी हामी सबैले भुीमका निर्वाह गर्नपर्छ।

- संसदमा अविश्वासको प्रस्ताव पेश हुदा प्रचण्डले तपाईको तारिफ गर्दै बामदेव गौतम अवको प्रधानमन्त्री भन्नुभयो नि ?

एमालेमा अवसर आउदा पछि हटनु हुदैन। यो संसद भित्रको गणीतिय कुरा माथि भरपर्छ। त्यो अहिले एमालेको पक्षमा छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.