साउदीमा पनि मनाइयाे तीज

साउदीमा पनि मनाइयाे तीज

साउदी अरबः हरेक दिन जस्तो प्रवासी नेपाली कामदारहरुको पीडाको खबर आउने साउदी अरबमा रहेका नेपालीहरुले हर्षोल्लासकासाथ तीज मनाएर पीडालाई विर्साएका छन् । मुस्लिम धर्मावलम्बीहरुको देश साउदी अरबको विभिन्न स्थानमा तीज मनाएर प्रवासी नेपालीहरुले संस्कृतिको जगेर्ना गर्नुका साथै सांस्कृतिक सद्भाव र जातीय सहष्णिुताको गतिलो उदाहरण प्रस्तुत गरेरका छन् ।

यहाँस्थित नेपाली राजदुतावास र विभिन्न संघ संस्थाहरुले छुट्टाछुटै स्थानमा महिलाहरुलाई दर खुवाई नाचगानकासाथ तीज मनाएका हुन् । यसक्रममा रियादस्थित कार्यबाहक राजदुत आनन्द शर्माको निवासमा दुतावासका कर्मचारी र वैदेशिक रोजगारका क्रममा परिवार सहित रहेका नेपालीहरुलाई सहभागिता गराई तीज मनाईएको थियो ।

अनौपचारिक रुपमा मनाईको सो कार्यक्रममा राजदुत शर्माले शुभकामना मन्तव्य सहित कविता सुनाएका थिए । कार्यक्रममा श्रीमती राजदुत शर्माले भने सहभागि महिलाहरुलाई सौभाग्यको प्रतिक स्वरुप चुरा, पोते, सिन्दूर र टीका सहितको सौन्दर्य प्रशाधानका सामाग्री वितरण गरेकी थिईन । यसैगरी नेपाल जन सम्पर्क समिति साउदी अरबले पनि रियादमा परिवारकासाथ रहेकाहरुका बीचमा तीज कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिला पुरुषसहित एक सय ६० जनाको सहभागिता थियो ।

साउदी अरबकै जेद्धामा पनि त्यहाँ रहेका नेपालीहरुका गुरुंग समुदायको संस्था तमु धिले तीज विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा त्यहाँ रहेका प्रवासी नेपाली कामदार र तीनका परिवारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेलको समेत उपस्थिति थियो । नाचगान र दरको भोज खाएर मनाईएको थियो । आयोजक तमु धिले सो उत्सव मनाउनुको उद्देश्य जातीय सदभाव र नेपाली संस्कृतिको जगेर्ना गर्नु रहेको जनाएको छ ।

यसैगरी अलहासामा रहेका प्रवासी नेपाली कामदारहरुको परिवार सहितको समूहले तीज उत्सवको आयोजना गरी दर खाएर मनाए । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।

तीज मनाउने क्रममै साउदी अरबको जुबैलमा पनि एनआरएनएले दर खाने एवं नाचगान सहितको कार्यक्रम आयोजना गरेर मनायो । एलसिसि जुबैलका अध्यक्ष ओमप्रसाद फुयाँलको संयोजकत्वमा मनाईएको उक्त तीज कार्यक्रममा पूर्वीक्षेत्र दम्माम र आसपासका प्रवासी कामदारहरु परिवारसहित सहभागी भएका थिए । जुबैलको कुकजोन होटलमा आयोजित तीज उत्सवमा एनआरएनएका साउदी अध्यक्ष नारायाण पासवान, उपाध्यक्ष डम्बर यादव, महासचिव तेजबहादुर थापा, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, राजदुतावासका स्थानीय प्रतिनिधि हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सहभागि महिला तथा पुरुषहरुले नाचगान गर्नुका साथै दरको भोज खाएर मनाएका थिए । कार्यक्रममा दर खाने शुरुवात भने अध्यक्ष पासवानले पूर्वअध्यक्ष पत्नी सुनिता श्रेष्ठलाई दर प्रदान गरेर गरेका थिए ।

सहभागि महिला तथा पुरुषहरुले एक साथ नाचगान र भोजमा सरिक हुन पाउदा आफूहरुलाई नेपालमै भएको जस्तो अनुभूति व्यक्त गरेका थिए । साउदी अरबको विभिन्न स्थानमा मनाईएको यस तीज पर्वको कार्यक्रममा विभिन्न जातजाति र समुदायको सहभागिता उल्लेखनीय रुपमा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.