विदेशीसँग प्रतिस्पर्धामा स्थानीय ब्रान्डको मोबाइल

विदेशीसँग प्रतिस्पर्धामा स्थानीय ब्रान्डको मोबाइल

काठमाडौंः कलर्स नेपाली ब्रान्डको मोबाइल हो भन्ने सुन्दा कोटेश्वरका अर्जुन पराजुली छक्क परेका थिए । धेरै उपभोक्तालाई जस्तै उनलाई पनि कलर्स भारतीय ब्रान्डको मोबाइल भन्ने लाग्थ्यो ।

सन् २०११ मा नेपालका साथै भारतबाट एकैसाथ कलर्स मोबाइल उत्पादन सुरु गरिएको थियो । उत्पादक टेली टक प्रालिका प्रबन्ध निर्देशक सञ्जय अग्रवालका अनुसार कलर्स मोबाइल भारतका मोबाइल भनेर भारतीय च्यानलमा विज्ञापन गरिएको कारण स्थानीय उपभोक्तामाझ भारतीय ब्रान्ड हो भन्ने परेको हो । तर, भारतमा कलर्सको उत्पादन बन्द भइसकेको छ ।

घरेलु बजारमा अहिले ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका मोबाइल उपलब्ध छन् । लक्की ग्रुपको लगानीमा उत्पादन हुने कलर्स मोबाइलले घरेलु बजारको झन्डै २० प्रतिशत मार्केट सेयर ओगटेको छ ।

कलर्सले प्रोडक्ट सेल्सको आधारमा नेपालमा सबैभन्दा बढी मार्केट सेयर ओगटेको अग्रवाल बताउछन् । उनको दाबीमा कलर्स कारोबारको हिसाबले पनि बजारमा दोस्रो स्थानमा छ । अहिले वार्षिक ७ लाख ५० हजारभन्दा बढी सेट बिक्री गर्छ । यसमा ८० प्रतिशत बारफोनले ओगटेको छ भने, २० प्रतिशत स्मार्टफोन बिक्री हुने गरेको अग्रवाल बताउँछन् ।

ठूला कम्पनीका उत्पादनसँग प्रतिष्पर्धा भए पनि स्थानीय ब्रान्ड गुणस्तरीय उत्पादन तथा उत्कृष्ट प्रविधि र सस्तोमा मोबाइल दिन सकेका कारण कलर्स सदवाबहार छ । 

कम्पनीका मार्केटिङ म्यानेजर राजजंग थापाका अनुसार ‘कलर्स इन्डियाका मोबाइल’ भन्ने बिगतको ट्यागलाइनका कारण यो नेपालको ब्रान्ड हो भन्ने धेरैलाई थाहा छैन । इन्डियन ब्रान्डभन्दा ग्राहक बढी आकर्षित हुने भएकाले बिक्रेताले कलर्स फोन नेपाली ब्रान्ड हो भन्न कञ्जुस्याईं गर्छन् ।

कम्पनीले भने नेपाली ब्रान्डका रूपमा चिनाउन केही कसर बाँकी नराखेको अग्रवाल बताँउछन् । नाकाबन्दीपछि स्थानीय ब्रान्डका रूपमा ब्रान्डिङ गर्न प्रयास भइरहेको छ । यसका लागि कलर्सले सबै सेवा नेपालीमै दिने गरेका छ भने प्रोडक्टमा समेत नेपाली ब्रान्ड भनेर जनाउने गरेको छ ।

नेपाल र भारतबाट एकै पटक व्यापार सुरु गरेता पनि कम्पनीले डेढ वर्षपछि भारतमा उत्पादन बन्द गरेको थियो । बढ्दो प्रतिस्पर्धाका साथै भारतीय बजारमा टिक्न आवश्यक लगानी गर्न नसक्ता कम्पनीले त्यहाँबाट हात झिकेको हो । तैपनि त्यहाँ कलर्सको माग रहेको अग्रवाल बताउँछन् । कम्पनीले भारतपछि श्रीलंका र म्यानमारमा पनि आफ्नो व्यापार विस्तार गरेका थियो ।

त्यहाँ पनि केही समयमानै बन्द गरिसकेको छ । कम्पनीले आफूलाई नेपाली बजारमा सफल बनाएर मात्र पून अन्तर्राष्ट्रिय बजारमा जोडिने योजना बनाएको छ । तर, त्यो कतिसम्म सम्भव छ त्यो भने पर्खाइकै विषय हो । नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा स्थान लिनु कम्पनीका साथै देशकै लागि पनि आर्थिकरूपमा सवल हुने अवसर हुनेछ ।

सुरुवातका समयमा नेपाली बजारमा नोकियाबाहेका अन्य कम्पनीको त्यति राम्रो उपस्थिति नभएकाले पनि कलर्सलाई सहज रूपमा यो स्थानमा आउन सफल भएको हो । त्यति मात्र नभएर कम्पनीले गुणस्तरीय प्रोडक्ट, किफायती र थोरै मूल्यमा धेरै फिचर उपलब्ध गराउन सक्नु पनि अर्को कारणका रूपमा अग्रवाल लिन्छन् ।

साथै कम्पनीले १० हजारभन्दा कम मोलका स्मार्टफोनमा फोकस गरेका कारण स्थानीय बजारमा उपयुक्त सावित भयो । साथै कम्पनीले त्यो समयमा काठमाडौंबाहिरका उपभोक्ता लक्ष्यित मोबाइल उत्पादन गरेको थियो ।

‘बजारमा ठूलो मूल्यको फोनमा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन, त्यसैले हामीले बारफोन र बारफोनबाट स्मार्टफोनमा उक्लिन खोज्ने ग्राहकलक्ष्यित उत्पादनमा जोड दियौं,’ अग्रवाल भन्छन् ।

ठूला कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा भए पनि स्थानीय ब्रान्ड, गुणस्तरीय उत्पादन र प्राइज सेग्मेन्टमा समेत उत्कृष्ट प्रविधि र सस्तोमा मोबाइल दिन सकेका कारण कलर्स सदावहार छ । कम्पनीका देशभर फैलिएको बिक्री सञ्जाल पनि कलर्सको मुख्य हतियार हो ।

हरेकजसो मोबाइल पसलमा कलर्सको वारफोन उपलब्ध छ । फलस्वरुप कम्पनीले अहिलेसम्म झन्डै पाँच सयभन्दा बढी मोडलमा मोबाइल ग्राहकसमक्ष ल्याइसकेको छ । झन्डै पाँचदेखि सात सिरिजमा स्मार्टफोन ल्याइएको छ ।

नेपालमा १० हजारभन्दा कम मूल्यको स्मार्टफोनबाट ग्राहकलाई बारफोनबाट स्मार्टफोनमा स्थापित गर्न कम्पनी लागी परेको छ । ‘अवको दुईदेखि तीन वर्षमा सबै नेपालीको हातमा स्मार्टफोन होस भन्ने कम्पनीको लक्ष्य छ’, थापा भन्छन् ।

मोबाइलको डिजाइन नेपालमा गरेर चाइनामार्फत मोबाइल एसेम्बल गरेर कम्पनीले बजारमा ल्याउने गरेको छ । यदि नेपालमै मोबाइलको एसेम्बल गर्न सक्ने हो भने नेपालमा मोबाइलको ठूलो बजार रहेको अग्रवाल बताउँछन् । यसका लागि ठूलो रकम आवश्यक भएकाले सम्भव भने निकै नै कम रहेको उनको भनाइ छ ।

सकेको खन्डमा मोबाइलबाट नेपालको पैसा बाहिर जान ३० देखि ४० प्रतिशतसम्म रोक्न सकिने उनी बताउँछन् । कलर्सले नेपाली ब्रान्ड भएको आधारमा सरकारका तर्फबाट कुनै सुविधा पाएको छैन ।

यदि सरकाले ड्युटी फ्रि गरिदिने हो भने कम्पनीले अझ ठूलो फड्को मार्न सक्ने उनको भनाइ छ । इन्फोठूला कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा भए पनि स्थानीय ब्रान्ड, गुणस्तरीय उत्पादन र प्राइज सेग्मेन्टमा समेत उत्कृष्ट प्रविधि र सस्तोमा मोबाइल दिन सकेका कारण कलर्स सदावहार छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.