मोबाइल आयात पाँच वर्षमा तेब्बर

मोबाइल आयात पाँच वर्षमा तेब्बर

काठमाडौः मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजारसमेत आकासिएको छ । नेपाली बजारमा आयात हुने मोबाइल प्रत्येक वर्ष दोब्बर वृद्धि भइरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरेले गत पाँच वर्षको तुलनामा यो वर्ष मोबाइलको आयात तेब्बर भएको जानकारी दिए ।

उनका अनुसार हरेक ६ महिनमा एउटा कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक गर्ने प्रचलनले पनि आयात ह्वात्तै बढेको हो । मानिस एउटा मोबाइल ६ महिना प्रयोग गरेपछि फेरि नयाँ बोक्न चाहन्छ । यसले मोबाइलको बिक्री बढाएको छ । ‘घरमा दैनिक छाक टार्न नसक्ने मानिसको हातमा ५० हजारभन्दा बढिको मोबाइल प्रत्येक वर्षमा परिर्वतन हुनु पनि यसको उदाहरण हो’, उनले भने, ‘पछिल्लो समय मोबाइल मानिसको आवश्यकता बन्दै जाँदा पनि यस्तो अवस्था आएको हो ।’

केन्द्रले जारीगरेको पछिल्लो पाँच वर्षको तथ्यांकलाई आधार मान्ने हो भने पनि नतीजा उस्तै छ । आव २०६८÷०६९ मा १९ लाख ३३ हजार मोबाइल आयात भएकोमा आव २०७२/०७३ मा ४९ लाख ९० हजार मोबाइल सेट नेपालमा आयात भएको छ ।

यो पाँच वर्ष अघिको तुलनामा २.५९ गुणाले बढी हो । गत आव २०७१/७२ को मोबाइल आयातलाई मात्र मध्यनजर गर्ने हो भने पनि यो वर्ष मोबाइलको आयात दोब्बरको हाराहारीमा छ । गत आव ३८ लाख नौ हजार मोबाइल सेट भित्रिएको थियो । केन्द्रका निर्देशक सुयस खनालका अनुसार गत आव नेपालमा १८ अर्ब १९ करोड ७६ लाख ८७ हजार ८६ हजार रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा पाँच अर्ब रुपैयाँ बढी हो । अघिल्लो वर्ष १३ अर्ब चार करोडको मोबाइल आयात भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा पनि मोबाइलको बजार यही अनुरुपको छ । नयाँनयाँ ब्रान्डका मोबाइल भित्रिनुले पनि यस्तो अवस्था सिर्जना गरेको कलर्स मोबाइलका मार्केटिङ म्यानेजर राजजङ थापाले बताए । उनका अनुसार नेपाल, साउथ अपिफ्रका जस्तो खुला बजार नीति भएको देशमा मोबाइल आयात यो रूपमा हुनु स्वभाविक पनि हो ।

मानिस बारफोनबाट स्मार्टफोनमा जाने क्रम बढ्नु, बारफोनको मूल्यमा स्मार्टफोन उपलब्ध हुनु र सामाजिक सञ्जालले मानिसलाई आकर्षित गर्नुले पनि मोबाइल बजार आकासिएको हो । नेपालमा अहिले ५० भन्दा बढी मोबाइल कम्पनीको उपस्थिति छ भने ओप्पोलगायतका अन्य थुप्रै कम्पनी भित्रिने क्रममा छन् । यसरी नयाँ कम्पनीले बजारमा आउँदा पनि मोबाइलको आयातमा ठूलो फरक देखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

हरेक ६ महिनमा एउटा कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक गर्ने प्रचलनले पनि आयात ह्वात्तै बढेको हो ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगाय ६१ देशबाट मोबाइल आयात हुने गरेको छ । नेपालमा आयात हुने कुल मोबाइलको ९० प्रतिशत हिस्सा चीनले ओगटेको छ । भ्यालुका आधारमा चीनबाट आउने मोबाइलले ७६ प्रतिशत ओगटेको छ ।

चीनबाट मात्र १३ अर्ब ९२ करोडको मोबाइल यस आवमा नेपाल भित्रिएको निर्देशक खनालले बताए । यसले नेपालमा चिनियाँ मोबाइलको प्रभुत्वलाई पनि दर्शाएको छ । त्यसभन्दा पनि ब्रान्ड अन्य देशको भएता पनि प्रायःजसो मोबाइल कम्पनीको एसेम्बल चीनमै हुने भएकाले पनि यस्तो अवस्था देखिएको हो । यतिसम्म कि हामीले बोक्ने सामसङ, कलर्स, पानासोनिक, सोनीका फोन चीनमै एसेम्बल हुने गरेको छ ।

यस्तै नेपालबाट सबैभन्दा बढी मोबाइल आयात गरिने दोस्रो देशमा भियतनाम छ । भियतनामबाट यो वर्ष तीन अर्ब ९६ करोडको मोबाइल आयात भएको छ भने तेस्रोमा भारत छ । भारतबाट यो वर्ष २७ करोडको मोबाइल आयात भएको केन्द्रले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.