‘आरोप’मा किशोरी मनोविज्ञान

‘आरोप’मा किशोरी मनोविज्ञान

काठमाडौंः शारीरिक र मानसिक रूपमा परिवर्तन भइरहेकी किशोरीको मनमस्तिष्कमा के चलिरहेको हुन्छ ? यो विषय धेरैका लागि धेरैका लागि महत्वपूर्ण हुँदैनन् । बालबालिकाको कुरा विषयमा खासै ध्यान नदिने हाम्रो समाजमा किशोरकिशोरीलाई पनि त्यही समूहमा राखिन्छ ।

उनीहरूको कुरा सुन्ने र तिनलाई गम्भीरतापूर्वक लिने संवेदनशीलता छैन । यतिबेला उनीहरू पूर्ण रूपमा परिपक्व भइसकेका हुँदैनन्, न त बालबालिका नै रहन्छन् । उनीहरूको व्यवहारमा आएको परिवर्तनलाई नबुझिदिँदा कस्तो परिस्थिति सिर्जना हुन्छ ? यसको जवाफ मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘आरोप’मा थोरै भए पनि पाउन सकिन्छ ।

एउटी किशोरीको एकांकीपन नाटकमा देखाइएको छ । किशोरी सौरभीको चरित्रमा कलाकार एना देउजाले आफूलाई सर्लक्कै ढालेकी छन् । उनको अभिनयले नाटकलाई जीवन्त बनाएको छ । आमा, बुबा र दाजु विदेशमा, दिदी प्रेमसम्बन्धमा चुर्लुम्म हुँदा सौरभीको भावना र चाहनामा पुगेको चोट नाटकमा देखाइएको छ ।

थाहै नभएको सामान्य जस्तो लाग्ने कुराले किशोरकिशोरीको मस्तिष्कमा पार्ने गम्भीर असरलाई नाटकमा देखाइएको छ । सानो जस्तो लाग्ने यो गम्भीर विषयवस्तुमा बहस हुने गरेकै छैन । लामो जीवनको एउटा छोटो पाटोलाई नाटकमा समेटेका हुन् निर्देशक विकास जोशीले ।

आफैं किशोर हुँदा र आफ्ना बहिनीहरूको किशोरावस्थाको भोगाइहरूलाई स्मरण गरेर नाटकको परिकल्पना तयार भएको हो । नाटकमा युवतीले आफ्नो एकांकीपनको दोषी दिदीको प्रेमीलाई बनाएकी छन् । समाजमा धेरै किशोरीले यसरी परिवार र समाजलाई आरोप लगाइरहेका होलान् । विकासले यो आरोप आफैंले खेपेका छन् ।

नाटकले १५ वर्ष अगाडिको समयलाई समातेको छ । नाटकमा प्रस्तुत भएको युवा उत्सव विदेश जाने साथीहरूको बीचमा रहेर पनि स्वदेशमै रमाउने कोसिस गरिरहेको छ ।

अन्त्यमा ऊ बेपत्ता भएको समाचारले द्वन्द्वकालको झल्को दिन्छ । गाउँले ठिटो उत्सवको भूमिकामा सन्दीप श्रेष्ठ र सौरभीकी दिदी मौसमीको भूमिकामा परीक्षा लामिछाने निकै सुहाएका छन् । परीक्षाको संवाद कहीँ केही नमिलेजस्तो लाग्छ । नाटकको राम्रो पक्ष मञ्च सजावट मान्नुपर्छ । पिटर प्रिन्स र सुरज श्रेष्ठको पनि अभिनय रहेको नाटक असोज २ गतेसम्म मञ्चन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.