नेपालमा इन्टरनेट महँगो

नेपालमा इन्टरनेट महँगो

काठमाडौं: नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कुष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महँगो छ । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो छ ।

शुल्क महँगो भए पनि त्यसअनुसारको सेवा उपलब्ध छैन । तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन् । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष विनोद ढकाल ग्राहकले बुझाएको दस्तुर अनुरुपको सेवा र सुविधा कुनै आईएसपी कम्पनीले दिन नसकेको बताउँछन् ।

'एउटा मात्र हैन नेपालमा भएका सम्पूर्ण आईएसपी कम्पनीको सेवा र सुविधामा समस्या छ', ढकालका भने, 'यसको प्रमुख कारण हो सरकारी निकाय कमजोर हुनु, लोडसेडिङ र अनुगमनमा प्रभावकारी नहुनु ।' ढकालका अनुसार नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुनु नै इन्टरनेट शुल्क महँगो हुनुको प्रमुख कारण हो । एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेट वे हुँदा एकाधिकार बजार सिर्जना भएको हो ।

नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ । यसले गर्दा आईएसपी कम्पनीले चाहेर पनि सस्तोमा इन्टरनेट सेवा दिन सकेका छैनन् । ढकालका अनुसार मूल्य घट्नका लागि अरु एक, दुई अन्तर्राष्ट्रिय टर्मिनलका साथै फाइबर लिंक जोड्नुपर्छ । तर, त्यसका लागि सरकारले नै पहल गर्नुपर्नेछ ।

नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ । यसले गर्दा आईएसपी कम्पनीले चाहेर पनि सस्तोमा इन्टरनेट सेवा दिन सकेका छैनन् ।

सरकारले इन्टरनेट सेवालाई विकासको मेरुदन्डका रूपमा लिएर त्यस अनुसारको काम गर्न जरुरी छ । आईएसपी कम्पनीले दिएको सेवाप्रति विश्वासी नहुँदा बैंकलगायत ठूला कम्पनीले दुईवटा आईएसपीको सेवा एकै पटक लिने गरेका छन् । एउटा बिग्रेको खन्डमा अर्को विकल्प हुन्छ भन्ने सोचले यसरी दुईवटा कम्पनीको सेवा लिनुपरेको ढकाल बताउँछन् । यसले नेपालमा इन्टरनेट सुरक्षामा पनि ठूलो प्रश्न उठाएको छ ।

अहिले एउटा बाटोबाट मात्र नेट आउँदा महँगो भएकाले त्यसको समाधानका लागि चीनबाट केरुङको बाटो हुँदै फाइबर इन्टरनेट ल्याउने काम अन्तिम चरणमा पुगको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्भर झाले बताएका छन् । उनका अनुसार चीनबाट ल्याइने इन्टरनेटको काम अन्तिम चरणमा रहेको र चाँडै नेपालमा आउनेछ । यो हुँदा केहीमात्रामा इन्टरनेट शुल्कमा कमी आउने उनको भनाइ छ । बंलादेशबाट पनि सिलिगुडी हुँदै नेपालमा फाइबर ल्याउने योजना रहेको उनले बताए ।

तर, चीनबाट आउने इन्टरनेटले शुल्क घट्ने वा नघट्ने भन्ने टुंगो लागि नसकेको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउँछिन् । उनका अनुसार चीनबाट ल्याइने इन्टरनेको सबै काम सकिएको छ । अब कम्पनीसँग सम्झौतको काम बाँकी छ । इन्टरनेटको मूल्य घट्ने वा नघट्ने सम्झौताले निर्धारण गर्नेछ । यदि त्यहाँ सस्तोमा इन्टरनेटसम्झौता भए शुल्क घट्ने बैद्यको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.