टुर द पोखरा साइकल र्‌यालीको तयारी

टुर द पोखरा साइकल र्‌यालीको तयारी

पोखरा: पर्यटकीय सहर पोखरामा टुर द पोखरा २०१६ साइकल र्‌यालीको तयारी गरिएको छ । साइकल चढौं स्वास्थ्य, वातावरण र पर्यटनका लागि भन्ने नाराका साथ असोज ८ गते दोस्रो संस्करणको टुर द पोखरा हुन लागेको हो ।

साइकल सिटी पोखराको आयोजनामा हुने र्‌यालीमा स्वदेशी तथा विदेशी गरी हजारजना साइक्लिस्ट सहभागी हुने साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।

पोखराको फेवातालबाट सुरु हुने र्‌याली पोखरा र लेखनाथ नगरपालिकाका विभिन्न स्थान हुँदै २८ किलोमिटर दूरी पार गरी वेगनाश तालमा पुगेर समापन हुने कार्यक्रम रहेको अध्यक्ष बज्राचार्यले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न ११ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको कार्यक्रमका संयोजक निरज थापाले बताए ।

पोखराको पर्यटन प्रवद्र्धनका लागि पनि साइकल र्‌यालीजस्ता कार्यक्रम महत्त्वपूर्ण हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए । टुर द पोखरा साइकल र्‌यालीलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न आगामी दिनमा विशेष पहल गरिनुपर्ने उनले बताए । र्‌यालीमा पोखरामा रहेर विभिन्न संस्थामा काम गर्ने विदेशी, पोखरा घुम्न आएका पर्यटक पनि सहभागी हुने बताइएको छ ।

पोखरामा २०१८ सालमा साइकल भित्रिएको साइकल सिटी पोखराका अध्यक्ष बज्राचार्यले जानकारी दिए । साइकल सिटीमा एक सय तीन साइक्लिस्ट आबद्ध छन् । पछिल्लो समयमा पोखराका युवतीमा साइकलप्रति आकर्षण बढ्दै गएको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.