साहित्यमा  कीर्तिमान रच्दै

साहित्यमा  कीर्तिमान रच्दै

काठमाडौः नेपालका एक साहित्यकारले साहित्यिक दौडमार्फत विश्व कीर्तिमान कायम गर्ने भएका छन् । काभ्रे रयालेका लक्ष्मण सापकोटाले असोज १ गतेदेखि १८ गतेसम्म मेची महाकाली जोड्ने एक हजार २६ किलोमिटर लामो महेन्द्र राजमार्ग दौडिएर विश्व कीर्तिमान राख्ने भएका हुन् ।

सरदर दैनिक ६० किलोमिटर दौडने योजना बनाएका साहित्यकार सापकोटाले घटीमा ३० र बढीमा ७६ किलोमिटर दौडिनेछन् । पूर्वमा मेची अञ्चलको झापा जिल्लास्थित काँकडभिट्टाको महाकवि देवकोटाको सालिकबाट असोज १ गते बिहान दौड सुरु गर्ने उनले पश्चिममा महाकालीको कञ्चनपुरस्थित गड्डाचौकीमा आफ्नो साहित्यिक यात्रा अन्त्य गर्नेछन् ।

उनले यसअघि २०७२ भदौ १९ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रथम साहित्यिक दौड शुभारम्भ गरी बनेपा, धुलिखेलहुँदै बीपी राजमार्गको बर्दिबाससम्मको एक सय ९० किलोमिटर दौड पूरा गरिसकेका छन् । हिमाल आरोहीसमेत रहेका उनले २०७१ सालको मंसिर ७ गते सोलुखुम्बु जिल्लामा पर्ने ६ हजार दुई सय मिटर अग्लो इम्जात्से हिमालको साहित्यिक आरोहण पनि गरेका थिए । उनले उक्त आरोहणका क्रममा साहित्यिक लोगो र झन्डालाई इम्जात्से हिमालको चुचुरोमा पुर्याएर प्रथम साहित्यिक हिमाल आरोही बन्न सफल भएका थिए ।

साहित्यकार सापकोटाले साहित्यिक दौडमार्फत विश्व कीर्तिमान राख्ने योजनाअनुरूप मेचीदेखि महाकालीसम्म दौड्न लागेको जानकारी दिए । उनले अन्नपूर्णसँग भने, ‘असोज १ गते झापाको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर दौडनेछु भने असोज १८ गते झलारीदेखि गड्डाचौकीसम्म ३० किलोमिटर दौडनेछु । सोही दिन कञ्चनपुरको महेन्द्रनगरमा साहित्यिक दौड सम्पन्न गर्नेछु ।’

यात्राको दोस्रो दिन असोज २ गते दमकदेखि इटहरीसम्मको ४५ किलोमिटर, ३ गते इटहरीदेखि मौलीसम्मको ७० किलोमिटर, ४ गते मौलीदेखि लाहानसम्मको ४२ किलोमिटर, ५ गते लाहानदेखि ढल्केबरसम्मको ६० किलोमिटर, ६ गते ढल्केबरदेखि चन्द्रनिगाहपुरसम्मको ७० किलोमिटर, सात गते चन्द्रनिगाहपुरदेखि हेटौंडासम्मको ७० किलोमिटर, ८ गते हेटौंडादेखि भरतपुरसम्मको ७६ किलोमिटर, ९ गते भरतपुरदेखि दुम्कीबाससम्मको ६० किलोमिटर र १० गते दुम्किबासदेखि बुटवलसम्मको ५९ किलोमिटर दौड हुनेछ ।

यसैगरी, असोज ११ गते बुटवलदेखि चन्द्रौटासम्मको ६६ किलोमिटर, १२ गते चन्द्रौटादेखि लमहीसम्मको ५९ किलोमिटर, १३ गते लमहीबाट कुसुमसम्मको ५० किलोमिटर, १४ गते कुसुमबाट कोहलपुरसम्मको ५६ किलोमिटर, १५ गते कोहलपुरदेखि भुरीगाउँसम्मको ५५ किलोमिटर, १५ गते भुरीगाउँदेखि मसुरियासम्मको ७० किलोमिटर र १७ गते मसुरियादेखि झलारीसम्मको ५० किलोमिटर दौडने काम हुनेछ ।

२०६४ सालमा ‘प्रयास’ नामक कविता संग्रह र २०६५ सालमा ‘वास्तविकता’ नामक कथा संग्रह प्रकाशित गरेका सापकोटा सामाजिक उपन्यास ‘हेडसर’, उपन्यास ‘लीलावतीको सेरोफेरो’, उपन्यास ‘प्रवासका पन्ध्र वर्ष’, कथा संग्रह ‘प्रवासका कथाहरू’ र नियात्रा संग्रह ‘प्रथम साहित्यिक हिमाल आरोहण’ प्रकाशोन्मुखको तयारीमा छन् ।

प्रवासका पन्ध्र वर्ष नामक उपन्यास उनले आउँदो वैशाखमा गर्न लागेको विश्व साहित्यिक आरोहणका क्रममा विमोचन गर्दैछन् । उनले उक्त सगरमाथा आरोहणका क्रममा साहित्यिक सगरमाथा आरोहण, आफ्नै कृति विमोचन, चुचुरोमा उभिएर मास्क खोलेर कवितावाचन, नेपालको राष्ट्रिय गान गाउने, पशुपतिनाथको आकृति र बुद्धको मूर्ति पुर्रयाउने काम गरी विश्व कीर्तिमान कायम गर्ने योजना रहेको पनि जानकारी दिए ।

सापकोटाले साहित्यिक दौडमा नेपाल प्रज्ञा प्रतिष्ठान, प्रगतिशील लेखक संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जनसाहित्यिक मञ्च र दायित्व वाङ्मय प्रतिष्ठानको लोगो बोक्ने जानकारी दिए । उनले भने, ‘मेची-काली साहित्यिक दौडका क्रममा हरेक दिन बास बस्ने सहरमा साहित्यिक कार्यक्रम र साँझमा साहित्यिक सन्ध्या कार्यक्रम गर्नेछु ।’ दौडको श्रव्य–दृश्य कैद गरी गिनिज बुक अफ रेकर्डस्का लागि पठाउने पनि उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.