‘सम्बन्ध हिजो बिग्रने, आज सुध्रिने हुँदैन’

‘सम्बन्ध हिजो बिग्रने, आज सुध्रिने हुँदैन’

भारतका लागि पुनः राजदूत प्रस्तावित गरिएका दीपकुमार उपाध्याय लगभग दुई महिना अमेरिका बसाइ सकेर सोमबार नयाँदिल्ली आइपुगेका छन् । स्वास्थ्य परीक्षणका लागि मंगलबार दिल्ली बसेका उनी बुधबार काठमाडौं फर्कंदैछन् । सबै प्रक्रिया पूरा भए सम्भवतः एक महिनाभित्र उपाध्यायले भारतका लागि नेपाली राजदूतको जिम्मेवारी पुनः समाल्नेछन् । तत्कालीन केपी ओली सरकारले सरकारलाई असहयोग गरेको आरोप लगाएर गत जेठमा फिर्ता बोलाएका उपाध्यायले किन नयाँ सरकारको प्रस्ताव स्वीकार गरे ? मंगलबार नयाँदिल्लीमा उपाध्यायसँग अन्नपूर्ण पोस्ट्का लागि आशा थपलियाले गरेको संवाद :

राजदूतको प्रस्ताव पुनः किन स्वीकार गर्नुभयो ?
मुलुक र जनताको हितमा काम गर्न मैले यो प्रस्ताव स्वीकार गरेको हुँ ।

जुन आरोप लगाएर तपाईंलाइ फिर्ता बोलाइएको थियो, त्यही आरोप चिर्न त होइन ?
हेर्नुस्, राजदूत नियुक्ति सरकारले लिने निर्णय हो, मैले स्वीकृति जनाएको मात्र हुँ । भूकम्प र नाकाबन्दीजस्ता कठिन समयमा मैले जिम्मेवारी वहन गरेकै थिएँ । नेपाल–भारत सम्बन्धको संवेदनशीलता र महत्व बुझेरै नाकासम्म पुगेर पेट्रोलियम र खाद्यान्न आपूर्ति संयन्त्रका लागि नाका खुलाउने प्रयास गरेकै हुँ ।

फरक राजनीतिक पृष्ठभूमिको भएकाले तत्कालीन सरकारको कार्यकालमा काम गर्न गाह्रो भएको हो । तर त्यसलाई उल्टो मैले असहयोग गरेको आरोप लगाइयो । त्यसलाई प्रमाणित गर्न मैले तत्कालीन सरकारलाई चुनौती दिएको थिएँ ।

तपाईंको नियुक्तिको औपचारिक निर्णय कहिलेसम्म होला ?
संसदीय सुनुवाइलगायतका प्रक्रिया पूरा भएपछि हुने हो । त्यो त सरकारले निर्णय गर्ने कुरा हो ।

प्रधानमन्त्रीको भ्रमणसँगै नेपाल–भारत सम्बन्ध सुमधुर हुन्छ भन्ने सरकारको दाबी छ । आगामी दिनमा तपाईंको के कस्तो भूमिका रहला त ?
दुई देशबीचको सम्बन्धको परिभाषा कुनै एक समयसीमामा निर्धारित हुँदैन । कूटनीतिक कुराहरू शान्त, मर्यादित र निरन्तर चलिरहने हुन्छ । त्यसैले हिजो सम्बन्ध बिग्रियो आज सुध्रियो भन्ने हुँदैन । नेपाल र भारतबीचको सम्बन्ध दुवै देशका लागि उत्तिकै महŒवपूर्ण भएको हुँदा सौहार्दपूर्ण बनाउने तर्फ जाँदा हाम्रो पनि विकास हुन्छ ।

तपाईं प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा आउने भन्ने हल्ला छ नि?
होइन, औपचारिक निर्णय नभएसम्म कुनै पनि कार्यक्रममा म सामेल हुन्न । स्वास्थ्य परीक्षणका लागि डाक्टरको समय पहिले नै तय भएको हुँदा म आज दिल्ली रोकिएको हुँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.