गोर्खाले समान पेन्सन नपाउने

गोर्खाले समान पेन्सन नपाउने

लन्डनः युरोपेली मानवअधिकार अदालतले बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ ।

फ्रान्सको स्ट्रायजवर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनमा बेलायत सरकारले भेदभाव नगरेको निर्णय गर्दै समान पेन्सनको दाबी खारेज गरिदिएको छ ।

अदालतले युरोपेली मानवअधिकारसम्बन्धी महासन्धिको धारा १४ र धारा १ अनुरूप भूतपूर्व बेलायती गोर्खा सैनिकलाई भेदभाव गरिएको भन्ने कुनै आधार फेला नपरेको दाबी गरेको छ । धारा १४ मा धर्म, वर्ण, लिंग वा अन्य कुनै पनि आधारमा संघका सदस्य मुलुकले भेदभाव गर्न नपाउने उल्लेख छ ।

करिब पाँच वर्षअघि भूतपूर्व गोर्खा सैनिकहरूको एक संगठन ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) सँग सम्बद्ध तीन सय ९९ भूतपूर्व गोर्खा सैनिक, सोसाइटीका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्र देवान तथा अर्का भूतपूर्व गोर्खा सैनिक सुवर्ण अधिकारीले युरोपेली मानवअधिकार अदालतमा मुद्दा दायर गरेका थिए । २०१० सालमा नेपालमै जन्मिएका देवान र २०१७ सालमा नेपालमै जन्मिएका अधिकारीले आफूहरूमाथि बेलायत सरकारले भेदभाव गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

बेलायती सेनाको ‘ब्रिगेड अफ गुर्खाज’बाट सेवानिवृत्त अन्य सैनिकहरूको तुलनामा आफूहरूलाई पेन्सनमा अन्याय गरिएको उनीहरूको जिकिर थियो । यसअघि बेलायतकै उच्च अदालतले त्यस्तै खाले मुद्दामा भूतपूर्व गोर्खा सैनिकलाई हराइदिएको थियो । बेलायतको सर्वोच्च अदालतले यो मुद्दामा उच्च अदालतको फैसलाविरुद्ध आफूले कुनै उजुरी नलिने घोषणा गरेको थियो ।

ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष तथा आवेदक सेवानिवृत्त मेजर टिकेन्द्र देवानले युरोपेली मानवअधिकार अदालतको बिहीबारको फैसलाबाट निराश भएको बिबिसी नेपाली सेवाले उल्लेख गरेको छ । मानवअधिकारको आधारमा आफूले न्याय पाउने आशा गरेको उजुरीकर्ताले दाबी गरे ।

युरोपेली मानवअधिकार अदालतको निर्णयबाट ब्रिटिस गोर्खा निरशा भएका छन् । 

मानवअधिकारका सम्बन्धमा युरोपेली अदालतबाट यस्तो निर्णय आउनु दुःखद भएको पूर्वगोर्खाको भनाइ छ । नेपाल सरकारले यसका लागि पहल गर्नुपर्ने पूर्वगोर्खा सैनिकको माग छ । सन् १९९७ जुलाई १ तारिखअघि सेवानिवृत्त भएका गोर्खा सैनिकले उनीहरूकै समकक्षीको तुलनामा एक तिहाइमात्रै पेन्सन पाउने गरेका छन् ।

बेलायत सरकारले भने गोर्खा सैनिकहरूले १५ वर्षको सेवापछि नै पेन्सन पाउने र उनीहरू पेन्सन भएपछि नेपालमै फर्कने भएकाले दिइएको पेन्सन उचित रहेको बताउँदै आएको छ । सन् २००९ मा बेलायत सरकारले उसको अध्यागमन नियममा परिवर्तन गरी बेलायती सेनामा चार वर्ष सेवा गरेका गोर्खा सैनिकले बेलायतमा आवासीय भिसाका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । यो सुविधाअन्तर्गत हाल हजारौं पूर्वगोर्खा तथा तिनका परिवार बेलायतमा छन् ।

१८७३ सालदेखि नेपालीले बेलायती सेनामा काम गर्दै आएका छन् । ब्रिटिस इन्डियन आर्मीअन्तर्गत रहेका गोर्खा सैनिक भारतीय स्वतन्त्रतापछि बेलायत र भारत दुवै ठाउँमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.