सउलमा हाउसफुल नेपथ्य 

सउलमा हाउसफुल नेपथ्य 

काठमाडौः दक्षिण कोरियाको राजधानी सउलको केबीएस एरेनामा नेपथ्य प्रस्तुत भएको छ । चार हजार दर्शक अटाउने उक्त हलमा नेपथ्य हाउसफुल सो गर्न सफल भएको हो । बिहीबार नेपथ्यले सउलमा गरेको यो चौथो सांगीतिक कार्यक्रम हो ।

हल खचाखच भरिएपछि ढिलो आउने दर्शक कार्यक्रम हेर्न नपाएर फर्कनु परेको थियो । ‘हलको क्षमताले नधानेपछि ठूलो संख्यामा दर्शकलाई गेटमै रोक्न बाध्य भयौं’, आयोजक नेपाल तामाङ संघका अध्यक्ष उइनासिंह तामाङले भने, ‘ढिला आइपुगेका दर्शक निराश हुँदै फर्किनुपरेकोमा नरमाइलो लाग्यो ।’

कोरियामा चलिरहेको ‘चुसक पर्व’कै क्रममा कोरियामा रहेको तामाङ समुदायले नेपथ्यलाई निम्त्याएको हो । बाली काटेर थन्क्याएपछि परिवार र आफन्तजनसँग रमाइलो गरिने परम्परा बोकेको यो पर्व तीन दिनसम्म मनाइन्छ ।

कोरियामा बस्दै आएका नेपालीहरूलाई यहाँको स्थानीय चाडमा नेपथ्यको प्रस्तुति रमाइलो अवसर बनेको छ । यसपाला नेपथ्यले नेपाली मनहरूलाई उनीहरूको लोकभाकामा आधारित गीतको आनन्दमा भुलाएको छ ।

बिहीबार नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले दर्शकलाई सबैभन्दा पहिले चुसककै बधाई दिए । ‘कोरियामा यतिबेला बाली थन्क्याउने बेला भइसकेको छ जबकि स्वदेशमा अझै अलिक समय बाँकी छ’, उनले भने, ‘म यहाँ आउनुअघि कास्कीस्थित मेरो खेतमा धान गोडेर आएको हुँ ।’ अमृतले नेपालमा चाडबाडको मुखैमा पुगेको क्षणमा त्यहाँ उपस्थित दर्शकलाई शुभकामना दिए ।

कार्यक्रममा नेपथ्यका सर्वकालीक हिट गीतहरू प्रस्तुत गरिएको थियो जसमा ब्यान्डको आगामी एल्बममा समेटिन लागिएको मध्येबाट ‘कोसीको पानी यो जिन्दगानी’ र ‘हो रामा रामा’ पनि सुनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.