इन्जिनियर पेसा छाडेर बाख्रापालन 

इन्जिनियर पेसा छाडेर बाख्रापालन 

दिक्तेलः विगत बीस वर्षदेखि इन्जिनियर पेसा अँगाल्दै आएका खोटाङ विजय खर्कका श्यामकुमार पोखरेल व्यावसायिक बाख्रापालनमा लागेका छन् । गत असारबाट जागिर छोडेर बाख्रापालन गरिरहेका छन् ।

जीविकोपार्जन मात्र नभई व्यावसायीकरणमा लाग्नुपर्छ भन्ने अभियानका साथ बाख्रापालन व्यवसायमा थालेका पोखरेलले जिल्लाकै नमुना बाख्रापालक व्यवसायीको परिचय दिएका छन् ।‘ सिभिल इन्जिनियर मान्छे निर्माण गर्नुपर्नेमा बाख्रापालनमा लागेको छु-, उनले भने,‘ अहिले आम्दानी, आत्मसम्मान सबैमा सन्तुष्ट छु ।

सिभिल इन्जिनियरको जागिर छाडेर चार वर्षअघि विजयखर्कमा उनले सुरु गरेको ‘हलेसी कृषि तथा बाख्रा फर्म- बाट हाल स्थानीय तथा बाह्य बजारमा मासु खपत भइरहेको छ । नेपाल बाख्रापालन व्यवसायी महासंघको केन्द्रीय अध्यक्षसमेत रहेका पोखरेललाई राम्रो आम्दानीसँगै सफल व्यवसायी बन्न सकेकोमा आत्मसम्मान र सन्तुष्टी प्राप्त भइरहेको छ । उनी भन्छन्, ‘चार वर्षको दौरानमा मेरो फर्म उत्कर्षमा पुगेको छ ।'


इन्जिनियरभन्दा बाख्रापालन व्यवसायी बन्नुमा गर्व गर्ने श्यामले आफ्नै करिब २५ रोपनी जग्गामा फर्म सञ्चालन गरेका छन् । पोखरेलको फर्ममा हाल एक सयका हाराहारीमा बाख्रा छन् । अब छिटै फर्म सुधार तथा विस्तार गरी नयाँ बाख्रा थप गर्ने उनको योजना छ ।

‘भएका खोर र बाख्रा पुरानो पनि भयो-, उनले भने, ‘अब खोरलाई पुनः सुधार, विस्तार तथा व्यवस्थापन गरी बारबेरी जात र अन्य जातका बाख्रा थप्नेछु ।- जीविकोपार्जन र आम्दानीको लोभ नभई स्वरोजगार बन्न सक्नुपर्छ र त्यसका लागि प्रशस्त सम्भावना छ भनेर उदाहरण दिन सकौं भन्ने इच्छा र संकल्प जागेकाले यो व्यवसाय अपनाएको पोखरेलको भनाइ छ ।

जीविकोपार्जन मात्र नभई व्यवसायिकरणमा लाग्नुपर्छ भन्ने अभियानका साथ, बाख्रापालन व्यवसाय थालेका पोख्रेलले जिल्लाकै नमूना बाख्रापालन, व्यवसायीको परिचय दिएका छन् । 

हाल उनको फर्ममा पाँच जना पूर्णकालीन र १८ जनासम्म दैनिक ज्यालादारीमा काम गर्छन् । यसले थोरैलाई भए पनि वैदेशिक रोजगारीबाट रोकेको छ र स्वदेशमै गर्न सकिने प्रशस्त आम्दानीका बाटा देखाएको छ । बाख्रापलन सँगसँगै उनले डालेघाँसका बिरुवा लगाएका छन् भने आफ्नो खेतबारीमा पाँच हजारभन्दा बढी अलैंचीका बिरुवासमेत लगाएका छन् ।

पोखरेलले डाले घाँसको दीगो व्यवस्थापनका लागि गाउँका प्रत्येक बालबालिकालाई समेत रोजगारी दिएका छन् । उनले आफ्नो जग्गामा बिरुवा रोपी बाचाईदिए बापत प्रतिबिरुवा ५० रुपैयाँका दरले पुरस्कार समेत दिने गरेका छन् । हालसम्म सात सय बढी डालेघाँसका बिरुवा लगाई घाँस उत्पादन गरिरहेको उनले बताए ।

स्थानीय बजारमा बाख्राको मासुका अत्यधिक माग भई आपूर्ति गर्न नसकिरहेको अवस्थामा जिल्लाका केही बाख्रापालक मिलेर सदरमुकाम दिक्तेलमा व्यावसायिक मासु पसलसमेत सञ्चालनमा ल्याएका छन् । पोखरेलको फर्ममा स्थानीय खरी, जमुनापारी, बारवेरी र सानान् जातका बाख्रा पालिएको छ ।

जिल्लामा चार दर्जनबढी बाख्रा फम सञ्चालनमा छन् । पछिल्लो समय बाख्रापालन व्यवसायीलाई राज्यलेसमेत सम्बोधन गरेकाले यस व्यवसायप्रति कृषकको आकर्षण बढेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.