कतार एयरवेजलाई उपाधि

कतार एयरवेजलाई उपाधि

काठमाडौः कतार एयरवेज ‘बेस्ट अप इन दि एयर’ उपाधिद्वारा सम्मानित भएको छ । लास भेगासमा आयोजित फ्यूचर ट्राभल एक्सपेरियन्स ग्लोबल २०१६ मा एयरवेज बेस्ट अप इन दि एयर उपाधिद्वारा सम्मानित भएको हो । योसँगै कम्पनीले लगातार दुईपटक यो उपाधि जित्न सफल भएको हो ।

पछिल्लो वर्ष पनि कतार एयरवेजले यो उपाधि जितेको थियो । यात्रु अनुभवलाई उत्कृष्टता प्रदान गर्न निरन्तर रूपमा प्रतिबद्ध अग्रणी एयरलाइन्सलाई प्रोत्साहन गर्नु ‘बेस्ट अप इन दि एयर' अवार्डसको लक्ष्य छ ।

उद्योगमै सर्वोत्कृष्ट इन फ्लाइैट अनुभव प्रदान गर्न कतार एयरवेजको अथक प्रयासको कदर स्वरुप यो उपाधि दिईएको कम्पनीले जनाएको छ । कतार एयरवेजका गु्रप चिप एक्जुकेटिभ अकबर अल बाकरले लगातार दोस्रो वर्ष पनि उपधिद्वारा सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताएका छन् ।

कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष (कस्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले आफ्ना यात्रुलाई सदैव उत्कृष्टताको अनुभव दिनु नै आफ्नो उद्देश्य रहँदै आएको बताए । उनले सेवामा थप उत्कृष्टता ल्याउँदै यात्रुलाई अझ उत्कृष्ट अनुभव तथा सम्झना प्रदान गर्न यसले थप हौसला प्रदान गरेको बताएका छन् ।

एयरलाइन प्यासेन्जर एक्स्पेरियन्स एसोसिएसन (एपेक्स)का प्रमुख कार्यकारी अधिकृत जो लिडरले डिमिट्रोभलाई उक्त सम्मानित अवार्ड हस्तान्तरण गरेका कम्पनीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.