हिमालय एअरलाइन्सको कोलोम्बो र श्रीलंका उडान

हिमालय एअरलाइन्सको कोलोम्बो र श्रीलंका उडान

काठमाडौः नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आफ्नो बहुप्रतीक्षित दोस्रो गन्तव्य श्रीलंकाको राजधानी कोलम्बोमा काठमाडौंदेखि कोलम्बो हुँदै फेरि काठमाडौं सीधा उडान गर्ने भएको छ ।

कम्पनीका अनुसार असोज १५ देखि नियमित उडान सेवा सुरु हुनेछ । आठ बिजनेस क्लास तथा एक सय ५० इकोनोमिस क्लाससहित जम्मा एक सय ५८ सीट क्षमता बोकेको एअरलाइन्सको एअर बस ३२०-२१४ ले नयाँ रुटको उडान गर्ने कम्पनीले जनाएको छ ।

उडान तालिका अनुसार एअरलाइन्सले साताको तीन दिन उडान गर्नेछ । कोलम्बो उडानबारे टिप्पणी गर्दै कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले अघिल्लो दुई गैरनिर्धारित कोलम्बो उडानबाट प्राप्त उत्साहजनक प्रतिक्रियाबाट यो रुट हामीले सम्भावना बोकेको रुट पाएकाले सुरु गरेको जनाए ।

उनले दुई देशबीच वर्षौदेखिको यात्रुको चापलाई अध्ययन गरेर हामीले यो गन्तव्य सुरु गर्ने निर्णय गरेका बताएका छन् ।

एअरलाइन्सले क्लासिक ट्राभल्सलाई कोलम्बोका लागि जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । कम्पनीले श्रीलंकामा एअरलाइन्सको बजार विकास, सिट आरक्षण, टिकेटिङलगायत सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । एअरलाइन्सले कोलम्बोका लागि एकोहोरो र दोहोरो भाडादर क्रमशः २९ हजार एक सय ९१ र ५० हजार ४१ देखि सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.