अन्तर्धारा कथासंग्रह अमेरिकामा विमोचन
काडमाडौँः कवि तथा कथाकार पुनम काफ्लेको नवीनतम कृति ‘अन्र्तधारा’ कथा संग्रह अमेरिकाको न्यू जर्सि हरमा लोकार्पण गरिएको छ ।
अन्र्तधारा नारीप्रधान १४ वटा कथाहरुको संगालोका रुपमा प्रकाशित भएको छ ।
कार्यक्रममा प्राध्यापक एवम् समालोचक डा. वासुदेव त्रिपाठीले कथासंग्रहबारे परिचय गराएका थिए । सो अवसरमा स्रष्टाहरु मधुवन पौडेल, जगदीश उपाध्याय, ज्योति पौडेल लगायतले कृतिबारे टिप्पणि गरे ।