विरहीको ‘आगो निभेको छैन’ 

विरहीको ‘आगो निभेको छैन’ 

काठमाडौः वरिष्ठ पत्रकार हरिहर विरहीको पुस्तक ‘आगो निभेको छैन’ बिहीबार लोकार्पण भएको छ । संस्मणत्मक पुस्तकमा वर्णन गरिएका दुई सहिद वोधदत्त उपाध्याय र केशव कोइरालाका श्रीमतीहरू विद्या घिमिरे र गुणकुमारी कोइरालाले कृतिको संयुक्त रूपमा विमोचन गरेका थिए ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले पुस्तक २०/२२ सालयताको प्रजातान्त्रिक आन्दोलनको कथा भएको बताए । उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनको कथालार्ई नयाँ पुस्तामा हस्तान्तरण गर्न पुस्तक सहयोगी भएको छ ।’

पत्रकार/लेखक विजयकुमारले गाह्रो पत्रकारिताको बाटो हिँडेर आएका विरहीले रूखासुखा लाग्ने अन्तर्वार्ता विधामा परिवर्तन ल्याएको बताए । चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पुस्तकको टिप्पणी गर्दै भने, ‘ऐना हेर्नुजस्तै गाह्रो काम संस्मरण लेख्नु हो । त्यो गाह्रो काम विरहीले राम्रोसँग गर्नुभएको छ ।’ उनले आफूहरू धेरैले बीपीलाई सर्वगुणसम्पन्न नेताका रूपमा हेरेकाले धेरैको उहाँसँग मोहभंग भएको बताए ।

नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलले पुस्तकमा वर्णन गरिएको नख्खु जेलको प्रसंग उल्लेख गर्दै आफू जेलमा छँदाका अनुभव सुनाए । कांग्रेसका अर्का शीर्ष नेता कृष्णप्रसाद सिटौलाले अहिले राजनीतिक नेतृत्व लिनेका लागि पुस्तक पाठ हुने बताए ।

लेखक विरहीले पुस्तकमा आफूले आफ्नो तस्बिर उतार्ने कोसिस गरेको बताए । फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य ४९८ रुपैयाँ कामय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.