टाटाको टिआगो पोखरामा

टाटाको टिआगो पोखरामा

पोखराः भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स् र टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले टाटा मोटर्स्को नयाँ स्पोर्टी ह्याचब्याक टिआगो पोखराको बजारमा सार्वजनिक गरेको छ ।

गण्डकी धौलागिरीलाई लक्ष्य गरी पोखरामा दीपलक्ष्मी ब्राइट इन्टरनेसनले टिआगो बिक्री थालेको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले उक्त गाडी सार्वजनिक गरेका थिए ।

२२ लाख ५५ हजार रुपैयाँबाट सुरु हुने नयाँ रिभोटर्न गाडी १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । ३ वटा डाइनामिक भेरियन्ट एक्स ई, एक्स एम र एक्स जेड मा गाडी उपलब्ध छ ।

ब्लु, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम रङमा गाडी छन् । ‘नयाँ जमानाको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङको अनुभव प्रदान गर्छ’, सिप्रदी ट्रेडिङका डिलर डेभलपमेन्ट अफिसर नीरोज महर्जनले भने, ‘२४ घण्टे ग्राहक सेवा सुविधा आदिको जानकारी एवं प्रयोगका लागि टाटा मोटर्स कनेक्ट मोबाइल एप्लिकेसन प्रयोग गर्न सकिन्छ ।’

उनले टाटा सस्तो गाडीका लागि मात्रै नभई गुणस्तरका लागि पनि भन्ने आभास टिआगोले दिनसक्ने समेत बताए । पोखरामा बुधबार बिक्री सुरुआत कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका जनरल म्यानेजर प्रवीण खतिवडाले ग्राहकहरुलाई उत्कृष्ट वस्तु तथा सेवाहरु प्रदान गर्ने उद्देश्यस्वरुप अत्याधुनिक ह्याचब्याक टिआगो भित्र्याएको जानकारी दिए । उनले विभिन्न आकर्षक विशेषतासहितको स्टाइलिस कारले ग्लोबल डिजाइन र स्तर प्रत्याभूत गरेको बताए ।

दीपलक्ष्मी ब्राइट इन्टरनेसनलका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुले अटोमोटिभ क्षेत्रमा अत्याधुनिक ड्राइभिङ प्रविधि र उत्कृष्ट फ्युल क्षमताले ग्राहकहरुलाई नयाँपनको अनुभूतिसहित विशेष अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे । नयाँ जेनेरेसनको हर्मन प्रविधियुक्त कनेक्टनेक्स्ट इन्फोटेन्मेन्ट प्रणाली र टर्न बाई टर्न नेभी र ज्युककार एप टिआगोका विशेषता भएको उनले सुनाए ।

‘व्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्युल टोन इन्टेरियरसहित लेयर्ड डिजाइन थिम, कस्टुमाइजेबल एयर भेन्टस्, फ्याब्रिक प्रिमियम ग्राफिक, बडी हगिङ सिट ब्लोल्सर्टस् टिआगोका विशेषता हुन्’, उनले भने ।

सिटी र इको जस्ता मल्टी ड्राइभ मोडसहित डिजाइन गरिएकाले एउटै इन्जिनले २ वटा इन्जिन बराबरको कार्य सिप्रदीका प्रोडक्ट म्यानेजर दीपकराज गिरीले बताए । ‘कारले उत्कृष्ट फ्युल इकोनोमी कायम राखी विशेष ड्राइभिङको अनुभव प्रदान गर्छ’, उनले भने, ‘टिआगो सुरक्षित विशेषता अन्तर्गत फ्रन्ट एयरब्याग, नवौं जेनेरेसनको अत्याधुनिक एबीएस र ईबीडी कर्नर स्टेबिलिटी कन्ट्रोल, इन्फोटेनमेन्टमा डिस्प्लेसहित रियर पार्किङ सेन्सर, अत्यधिक सुरक्षाको लागि इनर्जी अबजर्भिङ बडी बनावट हुन् ।’ कारमा टाटा मोट्सले ४ वर्षको वारेन्टी वा ७५ हजार किमी (जुन पहिला आउँछ त्यही) प्रदान गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.